ट्विटरमा बग २०१४ अघिको फोटो देखिन छाड्यो

  • Technology Khabar | ५ भाद्र २०८०, मंगलवार
ट्विटरमा बग २०१४ अघिको फोटो देखिन छाड्यो

काठमाडौं ।

सप्ताहन्तमा, धेरै एक्स प्रयोगकर्ताहरूले पुराना ट्विटर इमेज रहस्यमय रूपमा साइटबाट गायब भएको देखेका थिए। अहिले अनस्पेसिफाइड ‘बग’ यसका लागि जिम्मेवार भएको कम्पनीले पुष्टि गरेको र यो बग फिक्स गर्ने काम भइरहेको छ।

यो समस्या पहिलो पटक शनिबार देखिएको थियो। पुरानो ट्वीटमा जसमा मूल रुपमा इमेजहरु समावेश थिए त्सको सटा क्लिक गर्न मिल्ने टीडटसीओ यूआरएलएसमा देखिन सुरु भएको थियो। अहिले एक्सले २०१४ अघि इमेल बगबाट प्रभावित भएको बताएको छ। द भर्जले ट्वीटलाई औंल्याए जस्तै इलन डिजेनेरसबाट आईकोनिक ओस्कार सेल्फी पनि अस्थायी रुपमा प्रभावित भएको थियो।

२०१४ ओस्कार फोटा पछि पुनस्थापित गरिएको छ तर अन्य पुराना ट्वीटहरू अझै पनि अहिलेको लागि हराइरहेको देखिन्छ। ‘हामीले बग समाधान गर्यौं, र आगामी दिनहरूमा यो समस्या पूर्ण रूपमा समाधान हुनेछ,’ एक्सले आफ्नो सपोर्ट अकाउन्ट मार्फत विज्ञप्तिमा भनेको छ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार