क्यूआर मार्फत हुने भुक्तानी दुई गुणाले बढेर ३० अर्ब पुग्यो

  • Technology Khabar | ५ भाद्र २०८०, मंगलवार
क्यूआर मार्फत हुने भुक्तानी दुई गुणाले बढेर ३० अर्ब पुग्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर मार्फत ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको छ।

२०७९ असारमा १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा क्यूआर मार्फत हुने भुक्तानी १५ अर्ब ६२ करोड २० लाख रुपैयाँ अर्थात १०७.९५ प्रतिशतले बढेको छ।

क्यूआर मार्फत हुने भुक्तानीसँगै कारोबार संख्या पनि दोब्बरले भन्दा बढीले बढेको छ।

२०७९ असारमा क्यूआर मार्फत ४२ लाख ८१ हजार ९९४ पटक कारोबार भएको थियो। भने, २०८० असारमा ९७ लाख ६६ हजार २१६ पटक कारोबार भएको छ।

गत वर्षको सोही अवधिको तुलनामा क्यूआर मार्फत हुने करोबार संख्या ५४ लाख ८४ हजार २२२ पटकले बढेको छ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार