स्मार्टफोन, कम्प्युटर स्क्रिनबाट हुने क्षतिबाट ब्लू लाइट ग्लासले जोगाउन नसक्ने अध्ययनको खुलासा

  • Technology Khabar | ५ भाद्र २०८०, मंगलवार
स्मार्टफोन, कम्प्युटर स्क्रिनबाट हुने क्षतिबाट ब्लू लाइट ग्लासले जोगाउन नसक्ने अध्ययनको खुलासा

काठमाडौं ।

स्मार्टफोन, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरू अहिले हाम्रो जीवनको अभिन्न अंग बनिसकेका छन्। यस्तो अवस्थामा हामी दिनको अधिकांश समय यस्ता उपकरणको स्क्रिन हेरेर बिताउँछौं, जसले आँखामा नराम्रो प्रभाव पार्छ।

तर अहिले चस्मा बनाउने कम्पनीहरूले ‘ब्लू लाइट’को चस्मा बनाउन थालेका छन्, जुन हाम्रो आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ। तर के तिनीहरूले साँच्चै आँखा बचाउँछन्? यो रिपोर्ट मार्फत जान्न प्रयास गरौं।

ब्लू लाइट चश्माको चलन पछिल्ला केही वर्षहरूमा धेरै बढेको छ। तिनीहरूले स्क्रिनको हानिकारक प्रभावहरूबाट आँखालाई बचाउन र निद्रामा मद्दत गर्ने भनिन्छ। तर युनिभर्सिटी अफ मेलबर्न र युनिभर्सिटी अफ लन्डनका अनुसन्धानकर्ताहरूले भने त्यस भन्दा अन्य कुरा बताउँछन्। ब्लू लाइटको चस्माले स्क्रिनबाट हुने क्षतिलाई रोक्न कुनै विशेष भूमिका नखेल्ने अनुसन्धानकर्ताहरू बताउँछन्। न त तिनीहरूले प्रयोगकर्ताको निद्राको गुणस्तर सुधार गर्छन्।

अनुसन्धान लेखक लौरा डाउनीले भनेअनुसार उनले ब्लू लाइट फिल्टर भएको लेन्सले छोटो समयको लागि पनि कम्प्युटरको आँखाको तनावलाई रोक्न सक्ने आफ्नो अनुसन्धानमा पाएका छन्। तर लामो समयसम्मको प्रयोगमा यो धेरै प्रभावकारी साबित भएको छैन। अध्ययनमा अन्वेषकहरूले भनेका छन् कि डिभाइसहरूबाट निस्कने नीलो प्रकाशले आँखालाई थकाउँदैन, बरु धेरैजसो मानिसहरूमा कम्प्युटर भिजन सिन्ड्रोम पाइन्छ, जुन लामो समयसम्म कम्प्युटरको अगाडि बस्नुसँग सम्बन्धित छ।

अध्ययनले थप बताउँछ कि ब्लू लाइट फिल्टरहरूले उपकरणहरूबाट आउने नीलो प्रकाशको १० देखि २५ प्रतिशत मात्र रोक्न सक्छ। यसभन्दा बढी उज्यालो हुन नदिन एम्बर कलर हुनुपर्छ, तर लेन्समा यति धेरै रङ दिइयो भने आँखालाई सही रङ चिन्न गाह्रो हुन सक्छ।

समग्रमा, अन्वेषकहरूले  भन्छन् कि ब्लू लाइट फिल्टरिंग लेन्सहरूमा यस अवस्थामा धेरै भर पर्न नसकिने बताएका छन्। उनीहरुले यसमा अझै थप प्रगतिको खाँचो रहेको औंल्याए।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार