
काठमाडौं ।
मेटा प्लेटफर्मले अर्को हप्ताको सुरुमा आफ्नो माइक्रोब्लगिङ एप थ्रेड्सको वेब संस्करण सुरु गर्ने योजना बनाएको छ।
वाल स्ट्रीट जर्नलले आइतबार यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै मेटाले अर्को हप्ताको सुरुमा थ्रेड्स एपको वेब भर्सन सुरु गर्ने रिपोर्ट गरेको छ।
मेटा माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरलाई टिक्कर दिने उद्देश्यले गत जुलाईमा थ्रेड्स सुरु गरेको हो।
थ्रेड्स सुरु भएको एक हप्ताको अवधिमा एक सय मिलियन प्रयोगकर्ता प्राप्त गर्दै धमाकाधार सुरुवात गरेको थियो।
पछिल्लो केही सातादेखि भने थ्रेड्सले लगातार रुपमा प्रयोगकर्ता गुमाउँदै आइरहेको छ। सिमिलर वेबको हालैको रिपोर्ट अनुसार थ्रेड्सले एक महिना भित्र ट्राफिकमा ७९ प्रतिशतले ठूलो गिरावटको सामना गरिरहेको छ।
पोर्टकाअनुसार थ्रेड्स एन्ड्रोइड एपमा जुलाई ७ मा ४९.३ मिलियन ट्राफिक देखिएको थियो, जुन अहिले १०.३ मिलियनमा मात्रै रहेको छ।
त्यसैगरी, अमेरिकामा प्लेटफर्ममा बिताउने औसत समय पनि दैनिक २१ मिनेटबाट घटेर दिनमा ३ मिनेटमा झरेको छ।
प्रकाशित: ५ भाद्र २०८०, मंगलवार