पीएमपीएल साउथ एशिया फलको उपाधी फोरएमभीले जित्यो, नेपाली टिम रअ तेस्रो

  • Technology Khabar | ४ भाद्र २०८०, सोमबार
पीएमपीएल साउथ एशिया फलको उपाधी फोरएमभीले जित्यो, नेपाली टिम रअ तेस्रो

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया फल २०२३ को उपाधी मंगोलियोको फोरएमभी (फोरमिराकल भाइब्स)ले जितेको छ। फाइनलको अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै फोरएमबीले उपाधी उचालेको हो।

फोरएमभीले कुल २२६ अंक प्राप्त गर्दै उपाधी जितेको हो। फोरएमभीले लिग चरणको ७३ बोनस प्वाइन्टर सहित फाइलनमा ६० प्लेसमेन्ट प्वाइन्ट र ९३ इलिमिनेसन प्वाइन्ट सहित अंक तालिकाको पहिलो स्थानमा रहन सफल भएको छ।

उपाधीसँग फोरएमभीले ९ हजार ५०० अमेरिकी डलर जितेको छ।

तीन प्वाइन्टले पछि पर्दै अर्को मंगोलिएन टिम म्याबिटेक्स दोस्रो भएको छ। म्याबिटेक्सले २२३ अंक हासिल गर्न सफल भएको छ। ीलग चरणममा जम्मा ६० बोसन प्वाइन्ट मात्र हासिल गर्न सकेकाले म्याबिटेक्स उपाधीबाट बञ्चित हुन पुग्यो। फाइनलमा म्याबिटेक्सले ६० प्लेसमेन्ट र १०३ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको छ। दोस्रो भएको म्याबिटेक्सले ६ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ।

२२० अंक प्राप्त गरेको नेपाली टिम रअ तेस्रो हुन पुगेको छ। रअले फाइनलमा ६२ प्लेसमेन्ट र ९८ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको थियो। रअले पनि लिग चरणबाट जम्मा ६० बोनस प्वाइन्ट लिएको थियो। तेस्रो हुँदै रअले ५ हजार ५०० अमेरिकी डलर जितेको छ।

फाइलनको सबैभन्दा महत्वपूर्ण खेलाडी रअका स्काई बनेका छन्। उनले फाइनलको एमभीपी हुँदै १ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

यस प्रतियोगितको कुल पुरस्कार राशी ८० हजार अमेरिकी डलर रहेको थियो। टिमहरुले आफूले हासिल गरेको स्थानका आधारमा पुरस्कार राशी प्राप्त गरेका छन्।

यस प्रतियोगितको शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट भएका छन्।

साउथ एशिया च्याम्पियनशिप जानबाट आईएट, सिल इस्पोर्ट्स, डेडआई गाइज र स्ट्रोङगर फेकलभ बञ्चित भएका छन्।

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार