
काठमाडौं ।
महिन्द्राले इलेक्ट्रिक सवारी केही नयाँ इलेक्ट्रिक ल्याउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले कन्सेप्ट मोडल पहिलै पेश गरिसकेको छ। महिन्द्राले बीईडट०५ इलेक्ट्रिक एसयूभीको प्रोडक्शन अवतारको टीजर जारी गरेको छ। यो ईभी अक्टोबर २०२५ मा लन्च गरिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
महिन्द्रा बीईडट०५ इलेक्ट्रिक एसयूभीको कन्सेप्ट गत वर्ष पेश गरिएको छ। र यसका साथै सम्पूर्ण बीई रेञ्जलाई पेश गरिएको थियो। यस इलेक्ट्रिक एसयूभी टेस्ट गर्दै गरिएको देखिएको छ। तर प्रोडक्सन मोडलमा यसमा केही परिवतर्न हुन सक्ने अपेक्षा गरिएको छ।
महिन्द्रा बीईडट०५ इलेक्ट्रिक एसयूभीको टीजर जारी गरिएको छ र यो प्रोडक्शन मोडल जस्तो देखिएको छ। बहिरिएको तस्बिरमा महिन्द्राले बीईडट०५ मा ठूलो प्यानारोमिक ग्लास रुफ दिइएको छ। यो खुल्ने खालको वा फिक्स कुन हो भन्ने प्रष्टसँग देखाइएको छैन।
महिन्द्राले बीईडट०५ को बोनटलाई अलग आकार दिइएको छ। यसको रुफमा स्पोइलन दिइएको छ र यसको टेलगेटमा एलईडी दिइएको छ।
महिन्द्रा बीईडट०५ मा इन्फोटेनमेन्ट र इन्स्ट्रूमेन्ट क्लस्टरका लागि दुई स्क्रीन दिइएको छ। यस इलेक्ट्रिक एसयूभीलाई इंग्लो प्लेटफर्ममा तयार गरिएको छ। महिन्द्रा बीईडट०५ लाई २ ह्वील ड्राइभ तथा ४ ह्वील ड्राइभ ड्राइभट्रेन विकल्पमा उपलब्ध गराइने छ।
यस इलेक्ट्रिक पावरट्रेन फक्सवागनबाट लिइएको हो। यसको २ ह्वील ड्राइभमा पछाडि लगाइएको मोटरको उपयोग मार्फत २१० किलोवाट वा ५३५ न्यूटन मिटर टर्क प्रदान गर्छ। ४ ह्वील ड्राइभमा दोस्रो मोटर फ्रन्ट एक्सलमा दिइनेछ।
यसले ८० किलोवाट वा १३५ न्यूटन मिटर टर्क प्रदान गर्छ। दुवै मिलाएर कति पवार प्रदान गर्छ भन्ने खुलासा गरिएको छैन। महिन्द्रा बीईडट०५ मा ७९ किलोवाटआवर यूनिट उपयोग गरिनेछ। यसले ३० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।
महिन्द्राका पाँच इलेक्ट्रिक एसयूभी मध्येमा यो सबैभन्दा सानो छ। यसको लम्बाई ४३७० मिमी, चौडाई १९०० मिमी, उचाई १६३५ मिमी र ह्वीलबेस २७७५ मिमी छ।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार