सामसङले ४४० मेगापिक्सेलसहित तीन नयाँ क्यामरा सेन्सर्समा काम गर्दै

  • Technology Khabar | ४ भाद्र २०८०, सोमबार
सामसङले ४४० मेगापिक्सेलसहित तीन नयाँ क्यामरा सेन्सर्समा काम गर्दै

काठमाडौं ।

सामसङले एस२३ अल्ट्राको साथ आफ्नो ग्यालेक्सी लाइनअपमा २०० मेगापिक्सेल क्यामरा प्रस्तुत गरेको थियो। अब भने कम्पनी थप अगाडि बढिरहेको केहि रिपोर्टहरुले उल्लेख गरेका छन्।

हालैका रिपोर्टहरूकाअनुसार सामसङले ४४० मेगापिक्सेलसहित तीन नयाँ सेन्सरहरूका साथ आगामी वर्ष सन् २०२४ मा अझ अगाडि जाने योजना बनाइरहेको छ।

टिपस्टर रेभेगनसकोअनुसार, सामसङले १.६μm पिक्सेल साइजको नयाँ ५० मेगापिक्सेल जीएन६ सेन्सर र ०.६μm पिक्सेल साइजको २०० मेगापिक्सेल एचपी७ सेन्सरको ठूलो मात्रामा उत्पादन गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ। साथै त्यस मध्येको सबैभन्दा रोचक भनेको ४४० मेगापिक्सेल एचयू१ सेन्सर भएको तर यसको पिक्सेल साइजको बारेमा अझै स्पष्ट भएको छैन्।

यी सबै तीन ओटा सेन्सरहरू आगामी वर्ष सन् २०२४ को दोस्रो भागदेखि मास प्रोडक्सन (ठूलो उत्पादन) मा जाने अपेक्षा गरिएको छ। यद्यपी यी सेन्सरहरू सामसङले अनफ्नो प्रोडक्टसमा प्रयोग गर्ने सम्भावना नभएको बताईएको छ।

नयाँ ५० मेगापिक्सेल आईएसओसेल जीएन६ ठूलो १.६μm पिक्सेल साइजको साथ आईएसओसेल जीएन१ र आईएसओसेल जीएन२ क्यामरा सेन्सरहरूको उत्तराधिकारी हुन सक्ने जनाइएको छ। साथै यो आईएसओसेल जीएन२ को १.४μm पिक्सेल साइजमा अपग्रेड हुनेछ। यो जानकारी सही भएको खण्डमा भने आईएसओसेल जीएन६ समसङको सबैभन्दा ठूलो र पहिलो १ इन्च प्रकारको क्यामरा सेन्सर हुनसक्ने र सोनीको आईएमएक्स९८९ सेन्सरलाई टक्कर दिनेछ।

साथै यो फ्ल्यागशिप स्मार्टफोनहरूको लागि एकदम उपयुक्त तवरले फिट हुने उल्लेख गरिएको छ। यद्यपि, जीएन६ सेन्सर सामसङ फोनहरूमा प्रयोग हुने सम्भावना कम रहेको टिपस्टरले बताएको र त्यसको सट्टामा यो चिनियाँ निर्माताहरूले प्रयोग गर्ने सम्भावना बढी भएको जनाईएको छ।

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार