
काठमाडौं ।
गुगलले १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ। प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको छ।
रिपोर्टका अनुसार गुगलले गुगलका उत्पादन र सेवाहरूमा रहेका सबै अकाउन्टका लागि निष्क्रियता सीमालाई दुई वर्षमा बढाएको छ।
गुगलले दुई वर्षदेखि प्रयोग नगरिएका खाताहरू १ डिसेम्बर, २०२३ देखि डिलिट हुन सक्ने जानकारी दिएको छ।
अकाउन्ट लगइन नगरिएको र गुगल उत्पादनहरु र सेवाहरुमा प्रयोग गरिएको छ भने यो नियम लागू हुने छैन।
यदि कुनै गुगल अकाउन्ट दुई वर्षदेखि लगइन गरिएको छैन र कुनै पनि गुगलका सेवा र उत्पादनमा जोडिएको छैन भने १ डिसेम्बर २०२३ देखि डिजिट गरिनेछ।
विशेष रुपमा गुगलले सूचित गरेको छ कि निष्क्रिय गुगल अकाउन्ट डिसेम्बर २०२३ अघि डिलिट नहुने जनाएको छ। यो दुई वर्षको म्याद थपिए पनि तत्काल लागू हुन्छ।
गुगल अकाउन्टको सक्रिय स्थितिको निरन्तरता सुनिश्चित गर्ने सरल तरिका भनेको कम्तिमा दुई वर्षमा एक पटक अकाउन्ट साइन इन गर्नु भएको बिजनेस टुडेले उल्लेख गरेको छ।
अकाउन्टलाई निष्क्रिय भनी लेबल गरिएको अवस्थामा, गुगलले प्रयोगकर्ताहरू र तिनीहरूको तोकिएको रिकभरी इमेल ठेगानाहरू (यदि त्यस्ता रिकभरी विकल्पहरू प्रदान गरिएको छ भने) दुवैलाई रिमाइन्डर इमेलहरूको सिरिज पठाउनेछ।
कुनै अकाउन्टलाई डिलिट वा हटाउनु अघि कम्तीमा पनि ८ महिना अघि रिमाइन्डर मेल पठाइनेछ।
एक पटक गुगल अकाउन्ट डिजिट गरिसकिए पछि यसलाई पुनः प्राप्ति गर्न सकिँदैन। थप रुपमा सम्बन्धित जिमेल अकाउन्ट पनि डिलिट गरिन्छ र नयाँ गुगल अकाउन्ट क्रेट गर्न प्रयोग गर्न सकिँदैन।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार