भारतका १६९ शहरमा छिट्टै १० हजार नयाँ इलेक्ट्रिक बसहरू चल्ने

Technology Khabar ३ भाद्र २०८०, आईतवार

काठमाडौं ।

भारतमा शहरी क्षेत्रमा ईलेक्ट्रिक बस संचालन हुने भएको छ। यसको लागि भारतीय केन्द्र सरकार “पीएम ई-बस सेवा” योजनालाई अनुमोदन गरेको छ।

यसले शहर बस सेवालाई बढावा दिन र शहरहरूमा मानिसहरूको आवागमनलाई सहज बनाउने लक्ष्य राखेको छ। मन्त्रिपरिषद्ले व्यवस्थित बस सेवा नभएका सहरलाई प्राथमिकता दिने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

गत साता, भारतको केन्द्र सरकारले पीएम ई-बस सेवा योजना स्वीकृत भएको घोषणा गरेको छ, जस अन्तर्गत १० हजार ई-बसहरू १६९ सहरहरूमा चलाइनेछ। यसका साथै, १८१ सहरहरूमा हरित शहरी गतिशीलता प्रवर्द्धन गर्न बजेट पनि विनियोजन गरिएको छ, जसका लागि कूल ५७,००० करोड भारतीय रुपैयाँ लगानी गरिनेछ।

पीएम ई-बस सेवा नामक यो योजना आगामी १० वर्षसम्म व्यवस्थित गरिनेछ। योजना अन्तर्गत ३ लाख वा सोभन्दा बढी जनसङ्ख्या भएका सहर छनोट गरिने छ। यसमा सबै केन्द्र शासित प्रदेशहरू, उत्तर-पूर्वी क्षेत्र र पहाडी राज्यहरूको राजधानीहरू पनि समावेश गरिएको छ।

यस योजनाअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा १० हजार बस सञ्चालन हुने गरी १६९ सहरमा बस सेवा सुदृढ गर्ने प्रयास गरिनेछ। सरकारले यससँगै ई–बस सेवासँग सम्बन्धित अन्य सुविधा पनि उपलब्ध गराइने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ३ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया