Technology Khabar ३ भाद्र २०८०, आईतवार
काठमाडौं ।
हेलो सरकारमा आफ्नो गुनासो टिपाउन एनसेलको मोबाइल नम्बरबाटसमेत निःशुल्क कल गर्न सकिने भएको छ।
एनसेलका सम्पूर्ण सेवाग्राहीले अब हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा निशुल्क कल गरेर आफ्नो गुनासो राख्न सक्नेछन्।
यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्ण रूपमा समाधान भएको हेलो सरकारले जनाएको छ।
यसका साथमा अबदेखि नेपाल टेलिकम र एनसेलका मोबाइल सेवा प्रदायकहरुले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो टिपाउन सक्नेछन्।
हेलो सरकारको टोल फ्री नम्बर ११११ मा अब यहाँहरुले Ncell नम्बरबाट समेत कल गरेर आफ्नो गुनासो टिपाउन सक्नु हुनेछ l
धन्यवाद । pic.twitter.com/D4aLFzmlCs— Hello Sarkar, Government of Nepal (@hello_sarkar) August 19, 2023
यस बाहेक हेलो सरकारलाई एसएमएस, फेसबुक, ट्विटर, ह्वाट्सएप, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ।
प्रकाशित: ३ भाद्र २०८०, आईतवार