चिनियाँ व्यक्तिले भारतमा फुटबल बेटिङ्ग एप बनाएर ९ दिनमै ठगे भारु १४ अर्ब

Technology Khabar ३ भाद्र २०८०, आईतवार

चिनियाँ व्यक्तिले भारतमा फुटबल बेटिङ्ग एप बनाएर ९ दिनमै ठगे भारु १४ अर्ब
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतको गुजरातमा एक चिनियाँ नागरिकले अनलाइन ठगीबाट १४ सय करोड अर्थात १४ अर्ब भारतीय रुपैयाँ लुटेका छन्। यस घोटालामा उनले १२ सय जनालाई आफ्नो शिकार बनाएको आरोप छ। उक्त व्यक्तिले डानी डाटा नामक सट्टेबाजी एप मार्फत यो ठगी गरेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

उक्त व्यक्तिले सन् २०२० र २०२२ मा भारतको भ्रमण पनि गरेका थिए। उनले चीनमा बसेर गुजरातको पाटन र बनासकांथामा यो अनलाइन एप स्क्याम चलाइरहेका थिए।

गुजरातमा फुटबल सत्ता एप मार्फत जनतालाई १४ अर्ब भारु ठगी गरेको ठूलो घटना सार्वजनिक भएको छ। चीनका वू उयान्बे नामक एक व्यक्तिले फुटबल बेटिङ्ग एपबाट मानिसहरूलाई ठगिरहेका थिए।

रिपोर्टकाअनुसार उनले गुजरातमा आफ्ना साथीहरूसँग मिलेर यो स्क्याम चलाइरहेका थिए। उक्त व्यक्तिले ९ दिनमा १२ सय जनाबाट १४ अर्ब भारु लुटेको भारतीय प्रहरीले जनाएको छ। यसका लागि भारतीय प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी ठगीको पर्दाफास गरेको थियो।

सीआईडीलाई यस केसको बारेमा जुन २०२२ मा पहिलो पटक जानकारी दिइएको थियो। त्यतिबेला यस घोटालामा संलग्न व्यक्तिहरूले गुजरात र उत्तर प्रदेशमा दानी डाटा एपमार्फत मानिसहरूलाई लूटको शिकार बनाउँदै थिए। यसपछि आगरा प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ। यस घोटालामा संलग्न व्यक्तिहरू उत्तर गुजरातमा पनि फेला परेका थिए।

रिपोर्ट अनुसार, पुलिसले यो स्क्याम सन् २०२० र २०२२ को बीचमा भारतमा भएको बताएको थियो। ती व्यक्तिले पाटन र बनासकांथामा समय बिताएका थिए। त्यहाँ उनले त्यहाँका स्थानीय मानिसहरूलाई भेटे र उनीहरूलाई धनी बनाउने लालच दिएर ठगे।

त्यसपछि ती व्यक्तिले आफ्ना सहकर्मीसँग मिलेर एउटा एप बनाए। यो एप २०२२ मा डानी डाटा नामबाट सिर्जना गरिएको थियो। यो एउटा सट्टाबाजी एप थियो जसमा प्रयोगकर्तालाई ठूलो पैसा कमाउने लोभ दिइयो।

आफ्नो जालमा फसेका मानिसबाट दैनिक २०० करोड भारतीय रुपैयाँसम्म लुट्न थालेका थिए। उनले १५ देखि ७५ वर्षसम्मका मानिसलाई आफ्नो शिकार बनाएका थिए। सीआईडीले उयान्बेलाई घोटालामा सहयोग गरेको आरोपमा मुद्दासँग सम्बन्धित ९ जनालाई निशाना बनाएको थियो।

गुजरात पुलिसले यस मामिलामा पहिलो पटक अगस्त २०२२ मा मुद्दा दायर गरेको थियो। आईटी ऐन अन्तर्गत ठगीको मुद्दा परेको थियो। तर त्यतिबेलासम्म ती व्यक्तिले भारत छोडिसकेका थिए। उक्त व्यक्ति अहिलेपनि चीनमा बसेर आफ्नो वरपरका क्षेत्रमा ठगीको काम गरिरहेको प्रहरीले जनाएको छ। जसमा हङकङ र सिंगापुर जस्ता नाम उल्लेख गरिएको समाचारमा उल्लेख छ।

प्रकाशित: ३ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया