एप्पल एयरट्यागको सहयोगमा फेला पर्यो महिलाको चोरी भएको साइकल

Technology Khabar ३ भाद्र २०८०, आईतवार

काठमाडौं ।

तपाईंले एप्पलका धेरै उत्पादनहरूको बारेमा सुन्नु भएको होला, कि यसले प्रयोगकर्ताहरूलाई कसरी मद्दत गर्यो भनेर। एप्पल वाचको बारेमा प्राय: समाचारहरू आईरहेका हुन्छन्, कसरी एक स्मार्ट वाचले खराब स्वास्थ्यको बारेमा समयमै अलर्ट पठाएर प्रयोगकर्ताको जीवन बचायो।

अब एप्पल एयरट्यागको बारेमा यस्तै एउटा घटना सुनिएको छ। एप्पल एयरट्यागको सहयोगमा एक महिलाले आफ्नो चोरी भएको साइकल फेला पारेकी छिन्।

नेदरल्याण्ड्सकी एक महिलाले एप्पल एयरट्यागको सहयोगमा आफ्नो चोरीको साइकल फेला पारेकी छिन्। ९टू५म्याकको रिपोर्ट अनुसार, बिट्रिज स्पालटेमबर्ग नामक महिला आफ्नो पति विलियम लासेर्डासँग नेदरल्याण्डको उट्रेच शहरमा बस्छिन्। उनका श्रीमान् लासेर्डाले आफ्नो ठाउँमा चोरको संख्या निकै बढेको र चोरीका घटना भइरहने भन्दै तिनीहरूले प्रत्येक बाइकमा एयरट्याग राख्ने निर्णय गरे।

महिला एयरट्यागसहितको आफ्नो साइकल लिएर जिम गइन्। सदाझैँ उनले बाइक बाहिर छोडिन्। तर बाइक लक गरेपछि चाबी त्यहीँ बिर्सिन् । यसैको फाइदा उठाउँदै कसैले उनको साइकल चोर्यो। एक घण्टापछि फर्किँदा मोटरसाइकल हराइरहेको थियो ।

महिलाले फाइन्ड माई एप खोलेर बाइकको लोकेसन हेरिन् र त्यसपछि दम्पतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । देखाइएको लोकेशनको सहयोगमा उनीहरु प्रहरीसहितको स्थान उल्लेख भएको ठाउँमा पुगेका थिए।

फाइन्ड माई एपले देखाएको स्थानमा बाइक ठ्याक्कै फेला परेको थियो। दम्पतीले बाइक उनीहरूको हो भनेर पुष्टि गर्न प्रेसिजन फाइन्डिङ सुविधा प्रयोग गरेका थिए। तर त्यस स्थानमा चोर उपस्थित थिएन्। प्रहरीले अहिले स्ट्रिट क्यामराको सहयोगमा चोरको खोजी गरिरहेको छ।

ती महिलाका पति लासेर्डाले बाइकमा एप्पल एयरट्याग इन्स्टल गर्न पाउँदा आफू भाग्यमानी भएको बताए। एप्पल एयरट्याग यसरी लुकाइएको थियो कि चोरलाई केही शंका पनि भएन।

त्यहाँ पहिले पनि एप्पल एयरट्यागलाई धेरै प्रयोगकर्ताहरुले आफ्नो हराएको चीजहरू फेला पार्न मद्दत गरेको छ।

प्रकाशित: ३ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया