Technology Khabar ३ भाद्र २०८०, आईतवार
काठमाडौं ।
ब्राजिलको सञ्चार मन्त्रालयले सार्वजनिक विद्यालयहरूमा ५जी फिक्स्ड वायरलेस पहुँच (५जी एफडब्लुए) प्रयोग गर्ने सम्भाव्यता अध्ययन गर्न एउटा परियोजना सुरु गर्ने घोषणा गरेको छ।
फाइभजी एफडब्लुएलाई फाइबर अप्टिक्ससँग तुलना गर्न सकिने गुणस्तर छ, तर कम स्थापना र लगानी लागतको साथ आउने बताईएको छ।
ब्राजिलियन एजेन्सी फर इन्डस्ट्रियल डेभलपमेन्ट (एबीडीआई) र नेशनल बैंक फर इकोनोमिक एण्ड सोशल डेभलपमेन्ट (बीएनडीईएस) सँगको पाइलट प्रोजेक्टले विद्यालयहरूमा यो प्रविधि प्रयोग गर्ने सम्भाव्यता मूल्याङ्कन गर्ने उल्लेख छ।
सार्वजनिक मोबाइल ब्रोडब्यान्ड नेटवर्कलाई घर वा व्यवसायका लागि वाइ-फाइ जस्तै सेवामा परिणत गर्ने प्रविधिले विशेष गरी फाइबर-टु-द-होम (एफटीटीएच) जडानहरू विभिन्न कारणहरूले गर्दा सम्भव नहुने ठाउँहरूको लागि समाधान हुने वाचा गर्दछ।
ल्याटिन अमेरिकामा एफडब्लुएले अब नयाँ उत्पादनहरू प्रस्ताव गरिँदै, कम मूल्यमा, सार्वजनिक वित्तपोषण र व्यवसायिक रूपमा ५जी प्रविधि अंगाल्ने अपरेटरहरूका साथमा फैलिन थालेको बताईएको छ।
प्रकाशित: ३ भाद्र २०८०, आईतवार