Technology Khabar ३ भाद्र २०८०, आईतवार
काठमाडौं ।
सामसङले आफ्नो फ्रिस्टाइल जेन २ प्रोजेक्टर गेमिङ हब क्षमताहरूको साथ घोषणा गरेको छ। उक्त नयाँ फ्रीस्टाइल जेन २ प्रोजेक्टर गत वर्षको पहिलो जेन फ्रीस्टाइल प्रोजेक्टरको उत्तराधिकारीको रूपमा आएको हो।
स्थिर इन्टरनेट कनेक्सन र प्रोजेक्ट गर्नका लागि स्पेस भएपश्चात नयाँ फ्रीस्टाइल जेन २ प्रोजेक्टरमा कन्टेन्ट स्ट्रिम गर्नुका साथै हजारौं गेमिङ टाइटल्स खेल्न सकिने छ।
साथै सामसङको गेमिङ हबले एक्सबक्स गेम पास, एनभिडिया जिफोर्स नाउ, अमेजन लुना, उटोमिक, एन्टस्ट्रीम आर्केड र ब्ल्याकनट गेम स्ट्रिमिङ प्लेटफर्महरूलाई समर्थन गर्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
फ्रीस्टाइल २ प्रोजेक्टर ब्लुटुथ कन्ट्रोलरहरूको फराकिलो एरेसँग मिल्ने र थप निरन्तर एक्सपिरियन्सको लागि वृद्धि गरिएको मेमोरीको साथ आउने उल्लेख छ। त्यसैगरी फ्रीस्टाइल २ प्रोजेक्टरमा सामसङको सोलारसेल रिमोट पनि प्राप्त हुनेछ भने यस रिमोटले आफ्नो ब्याट्री रिचार्ज गर्न सूर्यको प्रकाश प्रयोग गर्दछ। त्यसका साथै यसलाई यूएसबी–सी मार्फत पनि रिचार्ज गर्न सकिने छ।
त्यसैगरी नयाँ फ्रीस्टाइल जेन २ प्रोजेक्टरको बाँकी स्पेक्स शीट भने गत वर्षको पहिलो जेन फ्रीस्टाइलसँग मिल्दोजुल्दो रहेको जनाइएको छ।
प्रोजेक्टरले ३० देखि १०० इन्च सम्म मापन गर्न सक्ने र यसको रिजोल्युसन १०८०पी मा क्याप्ड गरिएको उल्लेख छ। त्यस्का साथै नयाँ फ्रीस्टाइल जेन २ प्रोजेक्टरले एचडीआर१० प्लस समर्थन गर्ने र प्रोजेक्टरमा १००,०००ः१ कन्ट्रास्ट रेसियो रहेको उल्लेख छ।
साथै नयाँ यस प्रोजेक्टरमा ५डब्ल्यू स्पिकर सिस्टम, टिजेन ओएस र बिक्सबी भ्वाइस एसिस्टेन्ट को साथ ३६०–डिग्री अडियो पनि प्राप्त गरिने जनाइएको छ। साथै आई/ओ भने सिङ्गल माइक्रो एचडीएमआई र यूएसबी–सी पोर्टमा सीमित रहेको छ।
सामसङ द फ्रीस्टाइल जेन २ को सामसङ यूएस स्टोरमा ८०० अमेरिकी डलरमा रिटेल मूल्य पर्नेछ। आगामी सेप्टेम्बर १ देखि नयाँ फ्रीस्टाइल जेन २ प्रोजेक्टरको ढुवानी सुरु हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८०, आईतवार