
काठमाडौं ।
अकुरा जापानी अटोमेकर होन्डाको लक्जरी भेहिकल डिभिजन हो। सन् १९८६ मा स्थापित अकुरा पहिलो जापानी अटोमोटिभ लक्जरी ब्रान्ड हो। यसैबीच अकुरा जेडडीएक्स मार्फत होन्डाले इलेक्ट्रिक भेहिकल मार्केटमा प्रवेश गर्ने भएको छ।
सन् २०२४ मा होन्डाले गर्ने अकुरा जेडडीएक्सको इन्ट्रोडक्सनलाई इलेक्ट्रिक भेहिकल ल्याण्डस्केपमा ल्याउने भएको हो। यसले टेस्ला र फोर्ड जस्ता स्थापित दिग्गजहरूका बीचमा आफूलाई पनि कडा प्रतिस्पर्धीको रूपमा स्थापित गर्ने तयारी गरेको छ।
बेस मोडलले ३२५ माइलको रेञ्ज प्रदान गर्ने अपेक्षा गरिएको र लगभग ६०,००० अमेरिकी डलरको शुरुवाती मूल्यको साथ अकुरा जेडडीएक्सले लक्जरी इलेक्ट्रिक एसयूभी खण्डमा एक आकर्षक विकल्प प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
जेडडीएक्सलाई यसको पर्फमेन्स र फिचर्स (प्रदर्शन र सुविधाहरू)को संयोजनले फरक बनाउने जनाइएको छ। टेस्ला मोडल एक्स र फोर्डको मस्टाङ माक–ई सँग तुलनात्मक दायराहरू प्रदान गर्दा, अकुरा जेडडीएक्सले ५०० हर्सपावर सम्मको कन्फिगरेसनको साथ एक आकर्षक ड्राइभिङ अनुभव सुनिश्चित गर्ने उल्लेख छ।
त्यसैगरी एन्ड्रोइड अटो, एप्पल कारप्ले र प्रिमियम ब्याङ्ग एण्ड ओलुफसेन अडियो सिस्टम (प्रणाली) को अभिनव एकीकरणले कारभित्रको अनुभवलाई थप बढावा दिएको उल्लेख छ।
टाईप एस भेरियन्टमा ह्याण्डस्–फ्री क्रुज ड्राइभर एसिस्टेन्ट र यिर पेडेस्ट्रियन अलर्ट जस्ता फिचर्स (सुविधाहरू) को साथमा सुरक्षालाई पनि ध्यानमा राखिने छ। साथै यो पछिल्लो फिचरले होन्डाको अटोनोमस ड्राइभिङ भविष्यलाई संकेत गरेको छ।
उत्तर अमेरिकाभर चार्जिङ पूर्वाधार विस्तार गर्ने योजनाको साथ होन्डाको महत्वाकांक्षा रहेको छ। साथै अन्य अटोमेकरहरूसँग मिलेर ३०,००० स्टेशनहरू थप्ने लक्ष्य राख्दै होन्डाले सामान्यतया विद्युतीय सवारीसाधनसँग सम्बन्धित चार्जिङ्ग दायराको चिन्ता हटाउन खोजेको जनाइएको छ।
प्रकाशित: ३ भाद्र २०८०, आईतवार