चीनको अन्तरिक्ष स्टेशनले अन्तर्राष्ट्रिय पेलोड प्रयोग गर्ने

  • Technology Khabar | २ भाद्र २०८०, शनिबार

काठमाडौं ।

चीनले आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेशनमा बाह्य निकायहरुको पेलोड परीक्षण गर्ने भएको छ।

चीन र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्र संघको कार्यालय बीचको सहयोगमा छनोट गरिएको अन्तर्राष्ट्रिय पेलोडको पहिलो ब्याचको प्रयोग चाँडै तियाङगोङ अन्तरिक्ष स्टेशनमा हुने चीनको मानव अन्तरिक्ष एजेन्सीले शुक्रबार जनाएको छ।

एजेन्सीका प्रवक्ता लिन छियाङले पत्रकार सम्मेलनमा उक्त कुरा बताएको चिनियाँ समाचार एजेन्सी शिन्ह्वाले रिपोर्ट गरेको छ। उनले युरोपेली अन्तरिक्ष एजेन्सीसँग संयुक्त रूपमा कार्यान्वयन गरिएका दस ओटा अन्तरिक्ष अनुप्रयोग परियोजनाहरू निरन्तर प्रगतिमा रहेको बताए।

“हामीले धेरै देश र क्षेत्रका अन्तरिक्ष एजेन्सीहरू साथै अन्तरिक्ष यान प्रविधि, अन्तरिक्ष विज्ञान प्रयोगहरू, र अन्तरिक्ष यात्री छनोट र प्रशिक्षण समावेश गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूसँग विभिन्न आदानप्रदान र सहयोग गरेका छौं,” लिनले भने।

प्रकाशित: २ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार