Technology Khabar २ भाद्र २०८०, शनिबार
काठमाडौं ।
आगामी एप्पल आईफोन १५ सिरिजलाई अर्को महिना लन्च गर्नको लागि तय गरिएको छ। सो लन्च इभेन्ट नजिकिँदै गर्दा बढ्दो संख्यामा लीकहरु पनि सतहमा देखा परेको उल्लेख छ।
यसैक्रममा लोकप्रिय टिपस्टर आइस युनिभर्सले भर्खरै एप्पल आईफोन १५ प्रो एल्युमिनियम मोडलको प्रोटोटाइपका तीन ओटा तस्बिरहरू अनावरण गरेको छ।
साथै सो प्रोटोटाइप मोडलले नेक्स्ट–जेन आईफोनको एक्सपिरियन्स कस्तो हुन सक्ला भन्ने झलक प्रदान गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
आईफोन १५ प्रोमा पातलो बेजल्स, यूएसबी–सी पोर्ट फिचर गरिने अपेक्षा
आईफोन १५ प्रो मा रहेको डायनामिक आइल्याण्डमा फ्रन्ट क्यामरा हाउसिङ्ग गरिएको तस्बिरहरूले खुलासा गरेको उल्लेख छ। साथै उक्त डायनामिक आइल्याण्डमा केही परिमार्जन गरिएको जस्तो देखिएको हुनाले यसमा समावेश गरिएको फ्रन्ट क्यामरा पनि सेपरेटेड भएको (छुट्याइएको) जस्तो देखिएको हुनाले यसलाई विस्मयादिबोधक चिन्ह निशान जस्तै देखिने उल्लेख गरिएको छ। यद्यपि, अन्तिम संस्करणले भने अघिल्लो जेनको जस्तै समान रूप कायम राख्न सक्ने थप जनाइएको छ।
डिस्प्ले बेजल्स पनि सबै साइडहरूमा समानरूपमा स्लिम देखिएको उल्लेख छ भने प्रोटोटाइपको इजहरु ग्रेसफुल्ली कर्भ (किनाराहरूलाई आकर्षक रूपमा घुमाइएको) हुनाले कम्फर्टेबल ग्रिप (आरामदायी पकड) को सुनिश्चित गर्ने दाबी गरिएको छ। त्यसैगरी प्रोटोटाइपमा यूएसबी–सी पोर्ट पनि समावेश गरिएको छ। साथै यसले अब एप्पलको लाइटनिङ्ग पोर्टबाट यूएसबी–सी पोर्ट तर्फको क्रमिक ट्रान्जीसन्को अघिल्लो अफवाहहरूलाई पनि पुष्टि गरेको जनाइएको छ।
एप्पलले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सको बेजल साइजलाई २.२एमएम बाट १.५एमएमसम्म घटाउने लक्ष्य राखेको उल्लेख छ। साथै लो–इन्जेक्सन प्रेसर ओभरमोल्डिङ (एलआईपीओ) प्रविधि प्रयोग गरेर साइज घटाइने छ, उक्त प्रविधिको प्रयोग एप्पल वाचमा सफल भएको उल्लेख छ। त्यस्का साथै यो प्रविधि भविष्यमा आईप्याडमा पनि विस्तार हुने उल्लेख गरिएको छ।
एप्पलको वार्षिक आईफोन लन्च कार्यक्रम हाललाई सेप्टेम्बर १२ वा १३ को लागि निर्धारित गरिएको ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्। साथै १५ सिरिज हालै बीआईएस (ब्यूरो अफ इन्डियन स्ट्याण्डर्डस्) मा देखा परेको र यसले फोनको इमिनेन्ट लन्चलाई संकेत गरेको जनाइएको छ।
बेस मोडलहरूले माइनर स्पेसिफिकेशन प्राप्त गर्ने उल्लेख छ। उक्त ट्वीकहरूमा ४८–मिलियन–पिक्सेलको मुख्य रियर क्यामरा समावेश रहेको छ भने आईफोन १५ प्रो सिरिज सब्ट्यानसियल अपडेटहरूको लागि तयार रहेको उल्लेख छ। यस अपडेट अन्तर्गत एक्शन बटन, स्टर्डी ( बलियो) टाइटेनियम फ्रेम, एनहान्स्ड ब्याट्रीको लाइफ, फास्टर चार्जीङ्ग स्पिड र नवीन ३एनएम ए१७ प्रोसेसर समावेश रहेका छन्। पेरिस्कोप–स्टाइल जूम लेन्स फ्ल्यागशिप मोडेलको अर्को हाइलाइट हुनेछ।
मूल्य निर्धारणअनुसार आईफोन १५ प्रो सिरिजको उन्नत सुविधाहरूका साथ १०० देखि २०० अमेरिकी डलर सम्मको मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ। साथै बेस मोडलहरूले भने आफ्नो ७९९ र ८९९ अमेरिकी डलरको सुरुवाती मूल्यहरू कायम राख्ने अपेक्षा गरिएको छ।
एप्पलको प्रोडक्सन प्लान्स (उत्पादन योजनाहरू) ले आईफोन १५ सिरिजका लागि ८६.३ मिलियन एकाइहरूको उत्पादन लक्ष्यलाई सङ्केत गरेको र सो संख्याको ६५ प्रतिशत प्रिमियम मोडलहरू रहने अनुमान गरिएको छ।
यद्यपी पछिल्लो रिपोर्ट अनुसार भने एप्पलले वास्तवमा आईफोन १५ को ७७ मिलियन एकाइहरू उत्पादन गर्न सक्ने र यो वर्षको ढुवानीको लागि ८३–८५ मिलियन एकाइहरूको अघिल्लो अनुमानको तुलनामा उल्लेखनीय रूपमा कम संख्या भएको उल्लेख गरिएको छ।
प्रकाशित: २ भाद्र २०८०, शनिबार