काठमाडौं ।
माइक्रोसफ्टले आफ्नो एक्सबक्स ३६० को अनलाइन स्टोर र मार्केटप्लेस अर्को वर्षदेखि बन्द गर्ने बिहीबार बताएको छ। कम्पनी आफ्नो नवीनतम कन्सोल र सब्सक्रिप्सन सर्भिस गेम पासमा केन्द्रित हुन चाहन्छ।
एक्सबक्सको वेबसाइटको पोस्ट अनुसार एक्सबक्स ३६० स्टोर र एक्सबक्स ३६० मार्केटप्लेस २९ जुलाई २०२४ देखि बन्द हुनेछ। र पुरानो कन्सोल प्रयोग गर्ने गेमरहरूले नयाँ गेम किन्न र डाउनलोड गर्न सक्ने छैनन्।
यद्दपि माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई पहिले नै किनेको एक्सबक्स गेम र पुरानो शीर्षकका साथ खेल्ने अनुमति दिइरहेको छ जुन कन्सोलमा उपलब्ध छ।
‘२००५ मा एक्सबक्स ३६० लन्च भएदेखि धेरै परिवर्तन भएको छ। टेक्नोलोजीको विकास भएको छ, खेलाडीहरूको अपेक्षाहरू परिवर्तन भएका छन्, र हामी एक्सबक्स सिरिज एक्स/एसलाई अहिले र भविष्यमा खेल्नको लागि उत्तम ठाउँ बनाउन केन्द्रित छौं,’ एक्सबक्सले भनेको रोयटर्सले लेखेको छ।
माइक्रोसफ्टले २०१६ मा एक्सबक्स ३६० को उत्पादन रोक्यो र एक वर्ष पछि एक्सबक्स गेम प्लास सब्सक्रिप्सन गेमिङ सर्भिस सुरु गरेको र यसबाट कन्सोल र विन्डोज प्लेटफर्महरूमा पहुँच गर्न सकिन्छ।
पछिल्लो चालको भागको रुपमा पुरानो कन्सोलमा मूभी र टिभी एपलाई पनि हटाएको छ।
एक्सबक्स ३६० सोनको प्लेस्टेशन ३ को तुलनामा सबै भन्दा धेरै बिक्री हुने गेमिङ कन्सोल मध्ये एक मानिन्छ। माइक्रोसफ्टले २०१४ सम्म करिब ८४ मिलियन यूनिट एक्सबक्स ३६० मिलियन यूनिट बिक्री गरेको छ। यसको उत्तराधिकारी एक्सबक्स वानको सुरुवातसँगै कम्पनीले बिक्री रिपोर्ट जारी गर्न बन्द गरेको थियो।
प्रकाशित: २ भाद्र २०८०, शनिबार