Technology Khabar २ भाद्र २०८०, शनिबार
काठमाडौं ।
टाटा मोटर्सले भारतको ७२ प्रतिशत ईभी बजार कब्जा गरेको छ। २०२३ को मध्यमा ३४ हजार यूनिट ईभी बिक्री गरेर टाटा मोटर्सले भारतको इलेक्ट्रिक सवारी बजारमा ७२ प्रतिशत हिस्सा कब्जा गरेको छ क्यानलिसद्वारा जारी गरिएको तथ्यांकमा देखिन्छ।
उक्त अवधिमा टाटाले आफ्नो ईभीहरु टियागो, नेक्सन र टिगोर मोडलहरुको उच्च संख्या बिक्री गरेको छ। टाटाले सन् २०२४ सम्ममा थप चारवटा ईभी ल्याउने आफ्नो योजना घोषणा गरिसकेको छ।
तथ्यांक अनुसार टाटा मोटर्सलाई १०.८ प्रतिशत बजार सेयर सहित एमजी मोटर र ९ प्रतिशत सेयरको साथ महिन्द्राले पछ्याइरहेका छन्।
टियागो भारतमा सबैभन्दा धेरै बिक्री हुने ईभी थियो भने त्यसपछि नेक्सन र टिगोर रहेका छन्। महिन्द्राको एक्सयूभी४०० र एमजीजेडएस शीर्ष ५ मा छन्।
गत वर्ष २०२२ को मध्यको तुलनामा यस वर्ष २०२३ मा ईभीको बिक्री १३७ प्रतिशतले बढेर ४८ हजार यूनिट पुगेको छ। हल ईभीले भारतीय अटोमोबाइल बजारको कुल २.४ प्रतिशत हिस्सा ओटगेको छ।
प्रकाशित: २ भाद्र २०८०, शनिबार