ल्याम्बोर्गिनीद्वारा नयाँ इलेक्ट्रिक कारको अन्तिम टिजर अनावरण

  • Technology Khabar | १ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

ल्याम्बोर्गिनीले कार फ्यानहरूलाई आफ्नो आगामी मोडलको बारेमा नयाँ भिडियोको साथ ‘टीज’ रहेको छ। साथै क्यालिफोर्नियामा अगस्त १८ तारिख अर्थात शुक्रबार यस बारेमा खुलासा गरिने उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको १५ सेकेन्डको भिडियोमा एउटा सहर, ताराहरू हेर्दै एक महिला र पृथ्वीमा आउँदै गरेको वस्तु देखाइएको छ। अन्त्यमा, नयाँ ल्याम्बोर्गिनी देखिन्छ, जसमा कारको अगाडिको भाग मात्र देखाइएको उल्लेख छ। यस कारको बारेमा कम्पनीले यसअघि पनि उल्लेख गरिसकेको छ।

कारको उत्पादन २०२८ मा सुरु हुने

टिजरमा एक अर्काको माथि राखिएको हेडलाइटहरू भएको अग्लो कार देखिएको छ। यद्यपि यो एसयूभी जस्तो भने देखिँदैन्। कारमा केही सार्प एजेस् (धार भएको किनाराहरू) सहितको स्मुथ डिजाइन रहेको छ।

कम्पनीले काम गरिरहेको नयाँ कारको यो पहिलो झलक भएको ल्याम्बोर्गिनीले बताएको छ। “यो २ प्लस २ ग्रान्ड टुरर हुनेछ, यसको मतलब यसमा यात्रुहरूका लागि ठाउँ हुनुका साथै हरेक दिन ड्राइभ गर्नका लागि उत्कृष्ट हुनेछ” सीईओले भने।

भिडियोको एक सन्देशमा “ह्वाट इफ…” यसले मानिसहरूलाई ल्याम्बोर्गिनी के योजना बनाइरहेको छ भनी सोचमा पार्छ। सायद तिनीहरू इलेक्ट्रिक कार निर्माण गर्ने बारे सोचिरहेका छन्? भनिएको छ।

हाल यो कारको बारेमा सम्पूर्ण विवरणहरू अझै थाहा छैन्। तर यो कार २०२८ मा उत्पादन शुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

भिडियोले कारका फ्यानहरूलाई उत्साहित तुल्याइरहेको र उनीहरूलाई अब के हुन्छ भनेर आश्चर्यचकित बनाइरहेको उल्लेख गरिएको छ।

ल्याम्बोर्गिनी क्लास–लिडिङ्ग, फास्ट कारहरूको लागि परिचित रहेको छ भने यसमा पनि कुनै फरक नहुने अनुमान छ।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार