घोषणा अघि नै एप्पलद्वारा आईफोन १५ को उत्पादनमा कटौती

  • Technology Khabar | १ भाद्र २०८०, शुक्रबार
घोषणा अघि नै एप्पलद्वारा आईफोन १५ को उत्पादनमा कटौती

काठमाडौं ।

एप्पलले आईफोन १४ को तुलनामा आफ्नो आईफोन १५ सिरिजको बिक्री कम हुने अपेक्षा गरिरहेको छ। हालको यो पूर्वानुमान यस महिनाको सुरुवातमा मिङ–ची कुओले प्रस्तुत गरेको रिपोर्टसँग मिल्दोजुल्दो भएको उल्लेख छ।

तर आईफोन १५ को कुल शिपमेन्टहरू स्थिर रहने दाबी गर्ने यसअघिको रिपोर्टको ठीक विपरीत रहेको जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।

यो पछिल्लो विश्लेषण विश्लेषक जेफ पुबाट आएको र आपूर्ति समस्या र सामान्य भन्दा कम माग (सप्लाई इस्युज र लोअर–द्यान–युजअल डिमान्ड) को कारण एप्पलको अर्डर यस वर्षको अन्त्यसम्ममा ८३ मिलियन बाट ७७ मिलियन युनिटमा घटेको उनको विश्वास रहेको छ।

प्रो मोडलहरूको लागि नयाँ टाइटेनियम फ्रेम र पातलो बेजेल्स सहितको नयाँ डिस्प्लेको साथै सोनीको सीएमओएस क्यामरा सेन्सरहरूसँगको समस्या फेरि पनि यस रिपोर्टमा उल्लेख छ। उक्त ती सबै कम्पोनेन्टस्हरू एक बाधा जस्तो देखिएको बताईएको छ।

त्यसैगरी एप्पलले बजारको समग्र अवस्था र आईफोन १५ प्रो र प्रो म्याक्सको मूल्यमा भएको वृद्धिका कारण कम बिक्रीको अपेक्षा गरेको उल्लेख छ।

साथै सोही रिपोर्टमा २०२४ का लागि निर्धारित आईफोन १६ प्रो र प्रो म्याक्स मोडेलहरूमा ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा समावेश गरिनुका साथै वाई–फाई ७ समर्थन गर्ने भनी जेफ पुले पुष्टि गरेको उल्लेख छ।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार