
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया फल २०२३ को फाइनल आज (शुक्रबार) देखि सुरु हुनेछ। कुल ८० हजार अमेरिकी डलर पुरस्कार राशीको प्रतियोगिताको फाइनल १८ अगष्टदेखि २० अगष्टसम्म खेलिनेछ। तीन दिनसम्म चल्ने फाइनलमा प्रत्येक दिन ६ खेलसहित कुल १८ खेल आयोजना हुनेछ।
उपाधीका लागि नेपालका सात टिम सहित १६ टिमले प्रतिस्पर्धा गर्दै छन्। बाँकी टिममा मंगोलियाका आठ र बंगलादेशका एक टिम छन्।
गत २५ जुलाईदेखि १३ अगष्टसम्म आयोजना भएको लिग चरणमा शीर्ष १६ स्थानमा रहेका टिमबीच फाइलन खेल खेलिनेछ। लिग चरणमा २० टिमले प्रतिस्पर्धा गरेको गथिए।
लिग चरणमा नेपाल र मंगोलियका समान ९÷९ टिम र बंगलादेशका २ टिमले सहभागिता जनाएका थिए।
फाइनल पुग्नबाट नेपालका दुई, मंगोलिया र बंगलादेशको समान एक÷एक टिम बञ्चित भएका थिए।
फाइनल पुग्नबाट बञ्चित ४ टिमले समान दुई हजार अमेरिकी डलर प्राप्त गरेका छन्।
फाइनल जित्ने टिमले ९ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछ भने शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट हुनेछ। साउथ एशिया च्याम्पियनशिपमा २० टिमले प्रतिस्पर्धा गर्ने छन् बाँकी ८ टिम पीएमपीएल पाकिस्तानबाट आउनेछन्।
लिग चरणमा गरेको प्रदर्शनको आधारमा टिमहरुले फाइनल खेल अघि नै केही प्वाइन्टबाट सुरुवात गर्नेछन्। तीन हप्तासम्म चलेको लिग चरणको प्रत्येक हप्ताको प्वाइन्ट ट्याली र समग्र प्वाइन्टको आधारमा फाइलनका लागि बोनस प्वाइन्ट दिइएको छ।
मंगोलियाको स्टलवार्ट ईस्पोर्ट्सले ७७ प्वाइन्ट सहित शीर्ष स्थान र नेपालको आई८ले सबैभन्दा कम २७ प्वाइन्टका साथ फाइनल खेल्नेछन्।
प्रकाशित: १ भाद्र २०८०, शुक्रबार