
काठमाडौं ।
शाओमी मिक्स फोल्ड ३ र रेड्मी के ६० अल्ट्राले चीनमा बिक्रीको रेकर्ड तोडेको छ। शाओमीले अगस्ट १४ मा मिक्स फोल्ड ३ र रेड्मी के ६० अल्ट्रा रिलिज गरेको थियो। रिलिज भएको केही दिनमा नै कम्पनीले एक ठूलो सफलता हासिल गरेको घोषणा गरेको हो।
मिक्स फोल्ड ३ युनिटको बिक्री गत वर्षको मिक्स फोल्ड २ को तुलनामा २.२५ गुणाले वृद्दि भएको जानकारी कम्पनीले दिएको छ। यसले वृद्दिको वास्तविक संख्या भने खुलाएको छैन। यद्यपि, रेडमीमा मात्रै पाँच मिनेटमा २ लाख २० हजार युनिट बेचेको उल्लेख छ।
२०२२ मा फर्केर हेर्दा, मिक्स फोल्ड २ लाई पनि एक सफलताको रूपमा मानिएको थियो। सबै डिभाइसहरू पाँच मिनेटमा बिक्री भइसकेका, तर पनि, शाओमीले वास्तविक रकम प्रकट गरेको थिएन। संख्याहरू १ सय र १ हजारकाे अथवा अझै बढीकाे बीचमा हुन सक्ने बताइएको छ।
मिक्स फोल्ड ३ लेआफ्नो पूर्ववर्ती भन्दा मार्जिनको आधारमा अझै अगाडि लागेको तथा डिभाइस पातलो, हल्का र सुधारिएको क्यामराको साथ उपलब्ध रहेको उल्लेख छ। डिभाइस ठूलो ब्याट्रीयुक्त रहेको छ।
यद्दपी, मिक्स फोल्ड ३ चीनमा मात्र उपलब्ध हुने भएकाले विश्वव्यापी प्रशंसकहरूले यी सुविधाहरूबाट बञ्चित हुनेछन्।
यसैबीच एक रिपोर्टका अनुसार, शाओमीले सेप्टेम्बर १ मा १३ टी स्मार्टफोन लन्च गर्ने योजना बनाइरहेको छ।
प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार