चार्जिङ स्टेसन निर्माणमा प्राथमिकता

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
चार्जिङ स्टेसन निर्माणमा प्राथमिकता
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सबारीसाधनको प्रयोग बढाउन पछिल्लो समय चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकता दिएको छ।

चार्जिङ स्टेसनको अभावका कारण विद्युतीय सवारीसाधन प्रयोगमा समस्या देखिएपछि प्राधिकरणले लुम्बिनी प्रदेशको बुटवलस्थित नयाँ बसपार्क, परिचम नवलपरासीको बर्दघाट, कपिलबस्तुको चन्द्रौटा र बाँकेको कोहलपुरलगायतका क्षेत्रमा चार्जिङ स्टेसन निर्माण गरेको छ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटबलका प्रमुख नवराज ओझाका अनुसार बुटबल -नारायणघाट, बुटबल-पोखरा र बुटबल कोहलपुर सडकखण्डको थप विभिन्न स्थानमा समेत चार्जिङ स्टेसन राख्ने तयारी भइरहेको छ।

प्राधिकरणले विद्युतीय गाडीलाई लक्षित गरौ लुम्बिनी प्रदेशको बुटबल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुरलगायतका क्षेत्रमा नार्जिङ स्टेसन निर्माण गरेको छ।

प्राधिकरणका लुम्बिनी प्रादेशिक कार्यालयका प्रशासन शात्वा प्रमुत्व रामप्रसाद पोखरेलले लुम्बिनी प्रदेशमा बिद्युतीय सवारीसाधन प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गएको बताए। उनले चार्जिङ स्टेसन निर्माणले बिद्युतीय सवारी प्रयोग गर्नेलाई धेरै राहत र सुविधा पुग्ने बताए। गोरखापत्रबाट

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार