ओला इलेक्ट्रिकको एस वान एक्स रेञ्ज इलेक्ट्रिक स्कुटर लन्च

Technology Khabar ३२ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

ओला इलेक्ट्रिकले एस वान एक्स रेञ्ज इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। कम्पनीले एस वान एक्स रेञ्ज तीन भेरियन्ट एस वान एक्सप्लस, एस वान एक्स (३ किलोवाट आवर) र एस वान एक्स (२ किलोवाट आवर) मा

यसका साथै कम्पनीले आफ्नो प्रोडक्ट रेञ्ज विस्तार गरेको छ। कम्पनीले आफ्नो एस वान प्रो मोडल अपडेट गरेको छ र यसलाई नयाँ जेनरेसन प्लेटफर्ममा ल्याएको छ। हाल कम्पनीले पाँच भेरियन्टमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको छ।

ओला एस वान प्रोको मूल्य १ लाख ४७ हजार ४९९ भारु, ओला एस वान एक्स प्लसको मूल्य ९९ हजार ९९९ भारु, एस वान एक्स (३ किलोवाट) को मूल्य ८९ हजार ९९९ भारु र एस वान एक्स (२ किलोवाट) को मूल्य ७९ हजार ९९९ भारु तोकिएको छ। २१ अगष्ट पछि यी इलेक्ट्रिक स्कुटरको मूल्य १० हजार रुपैयाँले बढ्नेछ।

ओला इलेक्ट्रिकले सबै इलेक्ट्रिक स्कुटरको बुकिङ मंगलबारदेखि खुल्ला गरेको छ। एस वान एक्स प्लसको डेलिभरी सेक्टेम्बरको अन्त्यदेखि, एस वान एक्स दुबै भेरियन्टको डेलिभरी डिसेम्बर र ओला एस वान प्रोको डेलिभरी सेक्टेम्बरको मध्यदेखि सुरु हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

नयाँ प्लेटफर्मको एस वान प्रोमा ११ किलोवाटको मोटर दिइएको छ। अब यसको रेञ्ज १८१ किलोमिटरबाट बढेर १९५ किलोमिटर भएको छ। यसको टप स्पीड १२० किलोमिटर प्रति घण्टा छ र २.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सक्षम छ।

ओला एस वान एक्स प्लसले ६ किलोवाट पावर जेनरेट गर्छ। यो इलेक्ट्रिक स्कुटरले १५१ किलोमिटर रेञ्ज प्रदान गर्ने र टप स्पीड ९० किलोमिटर प्रति घण्टा भएको कम्पनीको दाबी छ। इलेक्ट्रिक स्कुटरले ३.३ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सक्छ।

ओला एस वान एक्स प्लसमा ४ किलोवाट आवरको ब्याट्री र एस वान एक्स ३ किलोवाट आवर र २ किलोवाट आवरको ब्याट्री विकल्पमा उपलब्ध छ। यसका साथै ओला इलेक्ट्रिकले नयाँ प्लेटफर्म लन्च गरेको छ र कम्पनीले एस वान एयर यही प्लेटफर्ममा तयार गरिएको हो।

नयाँ प्लेटफर्मका कारण प्रदर्शन ३० प्रतिशत, थर्मल प्रदर्शन २५ प्रतिशत, खर्च २५ प्रतिशत घटेको छ। यसमा ११ प्रतिशत कम पाट्र्स लागेको छ, ऊर्जा खपत ७ प्रतिशत कम हुनुका साथै तौल पनि ६ प्रतिशतले घटेको छ।

ओला एस वान एयरको बुकिङ ५० हजार भन्दा माथि पुगिसकेको कम्पनीले जानकारी दिएको छ। यसका साथै ओला इलेक्ट्रिकले आफ्नो आगामी इलेक्ट्रिक मोटरसाइकल पनि प्रदर्शन गरेको छ। यसलाई भविष्यमा लन्च गरिनेछ।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया