चीनको चोङकिङमा इन्टेलिजेन्ट कनेक्टेड गाडीहरू सडकमा संचालन

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार

काठमाडौं ।

दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा सातवटा इन्टेलिजेन्स कनेक्टेड बसहरू यस हप्ता परीक्षणको लागि सडकमा शुरु भएका छन्। अगस्टमा तिनीहरूको आधिकारिक प्रक्षेपणको लागि मार्ग प्रशस्त गर्दै संचालनमा आएका हुन्।

यो परीक्षण दौड चोङकिङको वेस्टर्न साइन्स सिटीमा आयोजना भइरहेको छ, जहाँ इन्टेलिजेन्ट जडान भएका सवारी साधन (आईसीभी) को प्रदर्शन क्षेत्रले आकार लिइरहेको शिन्ह्वाले जनाएको छ।

“परम्परागत मानवरहित सवारीसाधनहरू भन्दा फरक, यी स्वायत्त आवागमन बसहरू क्लाउड-नियन्त्रित पूर्वाधार र प्रदर्शन क्षेत्रका अनुप्रयोगहरूको अभिन्न अंग हुन्,” वेस्टर्न चाइना इन्टरनेट अफ भेहिकल (चोङकिङ) कम्पनी लिमिटेडका उप-महाप्रबन्धक चाङ सुयाङले भने।

यी बसहरूको सञ्चालनलाई प्राविधिक समाधानद्वारा समर्थित छ जसले सवारी साधन, सडक र क्लाउड प्लेटफर्मलाई एकीकृत गर्दछ। ट्राफिक प्रवाहको वास्तविक-समय विश्लेषण गर्दछ, र ट्राफिक बत्तीहरूमा पर्खने समयलाई कम गर्ने चाङले भनेका छन्।

उनले क्लाउड टेक्नोलोजीलाई “ड्राइभिङ इन्स्ट्रक्टर” सँग तुलना गरे जसले प्रदर्शन क्षेत्रमा सवारी साधनहरूलाई वास्तविक-समयको सल्लाह दिन्छ। साथै स्वायत्त ड्राइभिङको छिटो, सुरक्षित र अधिक कुशल कार्यान्वयनको सुविधा दिन्छ।

बसहरू बाहेक, डम्प ट्रकहरू र अन्य पाँच प्रकारका सवारीहरू आईसीभी प्रदर्शन क्षेत्रमा सामेल हुने चाङले बताएका छन्।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया