शाओमीले रेड्मी प्याड एसई ८,००० एमएएच ब्याट्री सहित अनावरण

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार

काठमाडौं ।

शाओमीले रेड्मी प्याड एसई ८,००० एमएएच ब्याट्रीसहित अनावरण गरेको छ। कम्पनीले आफ्नो किफायती नयाँ ट्याब्लेट रेड्मी प्याड एसई आकर्षक मूल्यमा अनावरण गरेको हो।

डिभाइस “असाधारण दृश्य आनन्द” को लागि ठूलो स्क्रिन र यूरो १९९ को मूल्य ट्यागको साथ आइपुगेको बताइएको छ।

रेड्मीले यो ट्याब्लेटलाई स्न्यापड्रयागन ६८० चिपसेटले सुसज्जित गरेको उल्लेख गरेको छ। यो ६ एनएम प्रक्रियामा निर्मित रहेको तथा १२८ जीबी भण्डारण रहेको बताइएको छ। त्यहाँ थप १ टिबी स्टोरेजको लागि माइक्रो एसडी पोर्ट पनि रहेको उल्लेख छ। प्रयोगकर्ताले ४ जीबी, ६ जीबी, वा ८ जीबीको तीन मध्ये एउटा र्याम विकल्पहरू चयन गर्न पाईने छ।

स्क्रिन १,९२०x१,२०० पिक्सेलको रिजोल्युसनको साथ ९० हर्ज रिफ्रेस दर तथा ११ इन्च एलसीडी युक्त छ। रेड्मीले ४०० निट्स ब्राइटनेस र १५००:१ कन्ट्रास्ट रहेको छ। ब्रान्डले टियूभी ह्रेनल्याण्डमा प्यानललाई यसको कम ब्लू लाइटका लागि प्रमाणित गरेको बताइएको छ।

यसमा अगाडि एकदम पातलो बेजेल रहेको छ। यसले ५ एमपी सेल्फी क्यामरा लुकाउने जुन माथि छेउमा (तेर्सो रूपमा राखिएको बेला)रहन्छ। पछाडिको १,०८० पिक्सेल भिडियो रेकर्डिङ क्षमताहरूका साथ ८ एमपी एफ/२.० क्यामरा रहेको उल्लेख छ। रेडमी प्याड एसइ “ठूलो आकारको क्वाड स्पिकरहरू” र डल्बि एटमस तथा हाइ-रेस अडियोका लागि समर्थनको साथ आउँछ। यसमा ३.५ एमएम अडियो ज्याक पनि रहेको छ। डिभाइसमा ८,००० एमएएच ब्याट्रीका लागि यूएसबी-सी पोर्ट रहेको उल्लेख छ।

यसले केवल १० वाट चार्जिङलाई समर्थन गर्छ।  एन्ड्रोइड १३मा आधारित एमआईयूआई प्याड १४ मा संचालन हुनेछ भने ययसमा डुअल-फ्रिक्वेन्सी वाइ-फाइ र ब्लुटुथ ५.० समावेश छ।

रेडमी प्याड एसई ल्याभेन्डर पर्पल, ग्रेफाइट ग्रे र मिन्ट ग्रीन गरि तीन रंगमा उपलब्ध रहेको उल्लेख छ। मूल्यहरू ४ जीबीका लागि १९९ यूरो ६ जीबीको लागि २२९ यूरो, र ८ जिबी संस्करणका लागि २४९ यूरो तोकिएका छन्।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार