
काठमाडौं ।
गत महिनादेखि टेलिग्रामले प्रिमिय प्रयोगकर्ताका लागि सुरु गरेको स्टोरी फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। टेलिग्रामले आमप्रयोगकर्ताका लागि स्टोरी फिचर सोमबार लन्च गरेको हो।
फेसबुकको मेसेन्जर स्टोरी जस्तै टेलिग्रामको स्टोरी च्याटको माथि बबलको रुपमा देखा पर्छन्। यद्दपि टेलिग्रामले स्टोरीलाई अधिक कस्टमाइजएबल बनाएको छ जसले अपलोड गरिएका पोष्टहरू र कति समयसम्म देखाउने भनेर नियन्त्रण प्रदान गर्दछ।
‘अब तपाई टेलिग्राममा मानिसहरूलाई भेट्नुहुन्छ, तपाई तिनीहरूको जीवनको रोमाञ्चक स्न्यापसटहरू देख्नुहुनेछ-केहि प्रोफाइल फोटोहरू मात्र होइन,’ कम्पनीले सोमबार एक ब्लग पोस्टमा लेख्यो।
मेसेजिङ सेवाको १० औं जन्मदिनको साथ लन्च गर्दै, टेलिग्रामले स्टोरीज कम्पनीको दशक लामो इतिहासमा ‘अहिलेसम्म सबैभन्दा अनुरोध गरिएको फिचर’ को रूपमा वर्णन गरेको इनग्याजेडले लेखेको छ। यसको प्राइभेसी कन्ट्रोल विकल्पको रुपमा भिजिविलिटी फर एभरीवान, अल कन्ट्रयाक्ट, सेलेक्टेड कन्ट्रयाक्ट वा क्लोज फ्रेन्डस समावेश गरिएको छ।
टेलिग्रामका स्टोरीज ती कन्ट्रयाक्टबाट आफ्नो पोस्ट लुकाउन सक्ने सुविधा पनि दिन्छ जसलाई तपाई स्टोरीज देखाउन चाहनु हुन्छ। र प्रिमियम प्रयोगकर्ताहरूले नयाँ पोष्टहरूको लागि ६, १२, २४ र २४ घण्टाको भिजिविलिटी छनौट गर्न सक्छन्। यसका साथै पोष्ट क्रेटर्सले उनीहरुको कन्टेन्ट हेर्ने टेलिग्राम प्रयोगकर्ताहरूको सूची हेर्न सक्छन्।
यसले बिरियल-जस्तो डुअल क्यामरा मोडलाई पनि सपोर्ट गर्छ। जसले प्रयोगकर्तालाई आफ्नो फोनको अगाडि र पछाडिका सेन्सरहरूद्वारा खिचिएका तस्बिरहरू वा भिडियोहरू एकै साथ सेयर गर्न अनुमति दिन्छ। साथै यसमा रियाक्सन फिचर पनि छ। अन्य प्रयोगकर्ताले स्टोरीजमा उपलब्ध इमोजीबाट रियाक्ट गर्न सक्छन्।
स्टोरीजका केही एडभान्स फिचर प्रिमियम सब्सक्राइबरका लागि रिजर्भ छन्। टेलिग्रामको प्रिमियम सब्सक्रिप्सन शुल्क ५ अमेरिकी डलर प्रति महिना छ।
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार