
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) को प्रयोग बढिरहँदा, इलेक्ट्रिक भेहिकलको पनि आफ्नै सुरक्षा जोखिम हुन्छ भन्ने कुराको धेरैले बेवास्ता गर्दछन् छिमेकी चीनमा हाल यस्तै भएको छ।
चेङ्दुमा, गिलीले बनाएको र ट्याक्सीको रूपमा प्रयोग गरिएको इलेक्ट्रिक कारमा अचानक ट्राफिकमा हुँदा नै आगो लागेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
हालै मात्र, ट्याक्सीको रूपमा प्रयोग गरिएको इलेक्ट्रिक भेहिकलमा आगलागी भएको र त्यसले गर्दा ठूलो ट्राफिक जाम भएको जनाइएको छ।
भिडियोहरूमा गाडीबाट आगो दन्किएको देखिएको छ र आगो २ मिटर भन्दा माथिसम्म पुगेको उल्लेख छ। साथै साना विष्फोटको आवाजहरु पनि सुनिएको जनाइएको छ। कारका पार्टपुर्जाहरू हावामा उडेका थिए भने त्यहाँ धेरै कालो धुवाँको मुस्लो देखिएको थियो।
यद्यपी दमकलले तुरुन्तै आएर आगो निभाएर स्थितिलाई नियत्रणमा लिएको थियो। साथै उक्त घटनामा कसैलाई चोटपटक नलागेको उल्लेख छ।
मानिसहरूका अनुसार उक्त ट्याक्सी मेपल अटोको भएको र सो गीली अटो समूहको भाग भएको जनाइएको छ। यसैगरी आगलागीबारेमा कम्पनीले भने अहिलेसम्म केही पनि नबताएको उल्लेख छ।
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार