भिभोले सेप्टेम्बरमा आइक्यूओओ जेड ८ सिरिज प्रस्तुत गर्ने

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार

काठमाडौं ।

भिभोले सेप्टेम्बरमा आइक्यूओओ जेड ८ सिरिज प्रस्तुत गर्ने भएको छ।आइक्यूओओ जेड ७ श्रृंखला मार्चमा आएको ६ महिनापछि, भिभो ब्रान्डले आइक्यूओओ जेड ८ सक्सेसरहरू ल्याउने भएको हो।

वेइबोमा एक टिपस्टरकाअनुसार, नयाँ लाइनअप सेप्टेम्बरमा पेश गरिनेछ, र यसमा पहिलो पटक ५१२ जीबी भण्डारण विकल्प पनि हुनेछ।

आइक्यूओओ जेड ८ एक्स पहिले नै ३सीमा देखा परेको छ तर सूचीले ४४ वाट चार्जिङ सपोर्टको दाबी आगामी सिरिजमा मात्र हुनसक्ने अनुमान गरिएको छ।

तुलनात्मक रुपमा, आइक्यूओओ जेड ७ एक्सले ८० वाट चार्जिङलाई समर्थन गरेको थियो, जुन भेनिला जेड ७ मा १२० वाट मानक भन्दा कम रहेको बताइएको छ।

आइक्यूओओ जेट ८ ले फुल एचडी प्लस रिजोल्युसनको ६.६४ इन्च एलसीडी र १४४ हर्ज रिफ्रेस दर सम्मको सुविधा दिने अपेक्षा गरिएको छ।चिपसेट डाइमेन्सिटी ८२०० हुनसक्ने, तथा ब्याट्री १२० वाट चार्जिङको साथ ५,००० एमएएच समर्थन गर्ने उल्लेख छ। मुख्य क्यामरा ओआइएसको साथ ६४ एमपीमा रहनेछ।

जेड ८ को एक्स अधिक किफायती डिभाइस हुने उल्लेख छ। डिभाइस स्न्यापड्रयागन ६ जेन १ चिपसेट तथा ब्याट्री सामान्यतया ठूलो ६,००० एमएएच हुन सक्ने बताइएको छ।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया