ओप्पो वाच ४ प्रो नयाँ फाइन्ड एन ३ फोल्डेबलहरू सँगै रिलिज हुने

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
ओप्पो वाच ४ प्रो नयाँ फाइन्ड एन ३ फोल्डेबलहरू सँगै रिलिज हुने

काठमाडौं ।

ओप्पो वाच ४ प्रो नयाँ फाइन्ड एन ३ फोल्डेबलहरूसँगै रिलिज हुने भएको छ। यस महिनाको अन्त्यमा ओप्पोले नयाँ स्मार्टवाच प्रस्तुत गर्ने भएको हो।

लीकस्टर डिजिटल च्याट स्टेशनले वेइबो पृष्ठमा खुलासा गरेअनुसार वाच ४ प्रो डुअल-प्लेटफर्म डिजाइनको साथ आउनेछ।

कलहरूसहित हाइ-परफर्मेन्स टास्कहरूका लागि स्न्यापड्रागन डब्ल्यू ५ तथा कम पावर मोडको लागि बीइएस २७०० चिपको साथमा आउने बताइएको छ।

त्यस्तै, यसको ब्याट्री थोरै ठूलो हुने तथा वेयरेबलको पूर्ववर्तीको तुलनामा सुधारिएको डिजाइन हुने उल्लेख छ। डिभाइस यस महिनाको अन्तमा एउटा कार्यक्रममा आउने अपेक्षा गरिएको छ जुन फाइन्ड एन ३ वा फाइन्ड एन ३ फ्लीप फोल्डेबल्सको डेब्यूका लागि चरण पनि हुने बताइएको छ।

ओप्पोले वाच ४ प्रोलाई आल्मुनियम अलोय प्रयोग गर्नुको सट्टा लगभग ३१६ स्टेनलेस स्टील फ्रेम निर्माण गर्न गइरहेको उल्लेख छ। बनावट र स्ट्रेन्थ सुधारका लागि बेस मेटेरियल सिरेमिक हुनेछ।

ब्याट्री क्षमता ५७० एमएएच रहेको भनिएको छ। जुन ३ प्रतिसत सुधार हो। पहिले, ओप्पोले कम पावर मोडको लागि एपोलो ४ प्लस एसओसी प्रयोग गर्यो।

वेयरेबलले चीन बाहिर कहिल्यै बजार नबनाएकाले नयाँ स्मार्टवाच पनि बाहिरी बजारमा नआउने संभावना रहेको छ। यसको लन्च मिति चाँडै नै उपलब्ध हुने उल्लेख छ।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार