यूट्यूबर एल्विश यादव बिग बोस ओटी सिजन २ को विजेता

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
यूट्यूबर एल्विश यादव बिग बोस ओटी सिजन २ को विजेता

काठमाडौं ।

बिग बोस ओटी सिजन २ को उपाधी यूट्यूबर एल्विश यादवले जितेका छन्। वाइल्ड कार्ड एन्ट्रीको रुपमा एल्विश यादवले बिग बोसमा प्रवेश पाएका थिए। बिग बोस इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपधी हासिल पारेको बीबीसीले उल्लेख गरेको छ।

यस सिजनको टप ५ फाइनासिस्टमा एल्विश यादव, अभिषेक मल्हार, मनीषा रानी, बेबिका धुर्वे र पूजा भट्ट रहेका थिए।

सबैभन्दा अघि पूजा भट्ट बाहिरिएकी थिइन् भने त्यस पछि बेबिका प्रतिस्पर्धाबाट निस्केकी थिइन्।

टप ३ मा एल्विश, अभिषेकका साथै मनीषा रानी स्थान बनाउन सफल भएका थिए। उपाधीको लागि एल्विश र अभिषेकबीच प्रतिस्पर्धा भएको थियो। एल्विशले उपाधीसँगै २५ लाख भारु र ट्रफी हात पारेका छन्।

एल्विश र अभिषेक दुबै चर्चित यूट्यूबर्स हुनु र उनीहरुको सोशल मिडियमा लाखौंको संख्यामा फ्यान छन्।

यहि रेसमा एल्विशको लोकप्रियता अभिषेकलाई पछि पार्न प्रयाप्त भयो।

को हुन् एल्विश यादव

एल्विश यादव एक चर्चित यूट्यूबर हुन्। सोशल मिडियामा उनी धेरै लोकप्रिय छन्। यूट्यूबमा उनको १६ मिलियन भन्दा धेरै सब्सक्राइबर र इन्स्ट्राग्राममा १३ मिलियन भन्दा धेरै फ्यान्स छन्।

यूट्यूबमा एल्विश यादवको दुई च्यानल छ। एउटा एल्विश यादव र अर्को एल्विश यादव ब्लग।

एल्विशले यूट्यूबमा फन्नी भिडियोका साथै रोस्टिङ भिडियो पनि बनाउन्छन्।

उनको हरियाणली लवज र विशेष अन्दाजका कारण युवाहरुमा उनी लोकप्रिय छन्।

एल्विश गीत गाउनुका साथै अभिनय पनि गर्छन्।

१४ सेक्टेम्बर १९९७ मा हरियाणको गुरुग्रामा जन्मेका एल्विश यादवले २०१६ मा यूट्यब खोलेका थिए।

एल्विश यादवले दिल्ली यूनिभर्सिटीबाट बीकम गरेका छन्। पहिला एल्विश यादवको ना सिद्धार्थ यादव थियो।

तर उनको ठूलो दाईको चाहना भने उनको नाम एल्विश यादव राख्ने थिए।

उनको ठूलो दाईको असामयिक निधन पछि उनले आफ्नो नाम परिवर्तन गरेर एल्विश यादव राखेका थिए।

एल्विश यादव कारको ठूलो शौकिन छन्। उनीसँग कयौं लग्जरी गाडी छ।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार