
काठमाडौं ।
आर्थिक संकटबाट गुज्रिरहेको भारतीय टेलिकम अपरेटर भोडाफोन आइडिया अर्थात ‘भी’ को कठिनाइ कम हुने देखिएको छैन। आर्थिक वर्ष २०२३-२४ मा कम्पनीको घाटा फेरि बढेको छ।
भोडाफोन आइडियाले अप्रिल-जुन त्रैमासिकमा ७,८४० करोड भारतीय रुपैयाँ नोक्सान गरेको रिपोर्ट गरेको छ, जुन गत वर्षको सोही त्रैमासिकको तुलनामा ७ प्रतिशत बढी हो जब त्यो त्रैमासिकमा ७,२९७ करोड भारतीय रुपैयाँ घाटा भएको थियो। जहाँ जनवरीदेखि मार्चसम्मको पहिलो त्रैमासिकमा कम्पनीको घाटा ६,४१९ करोड भारु थियो।
भारतीय मिडियाहरुकाअनुसार आर्थिक वर्षको पहिलो त्रैमासिकमा भोडाफोन आइडियाको राजस्वमा २ प्रतिशतको सामान्य उछाल आएको छ। सञ्चालनबाट कम्पनीको राजस्व रु १०,६५५ करोड हासिल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १०,४१० करोड थियो।
यससँगै कम्पनीको प्रति प्रयोगकर्ता औसत राजस्व (एआरपीयू) १३९ रुपैयाँ रहेको छ, जुन पहिलो त्रैमासमा १३५ रुपैयाँ थियो। अर्थात् एआरपीयूमा २.९ प्रतिशतले थोरै वृद्धि भएको छ।
अप्रिल-जुन त्रैमासिकको अन्त्यमा, कम्पनीको कुल ऋण २.११ लाख करोड रुपैयाँ पुगेको छ। जसमा स्थगित स्पेक्ट्रम भुक्तानीको लागि १.३३ लाख करोड भारतीय रुपैयाँ बाँकी छ, जसमा एजीआरको हेडमा ६६,८६० करोड भारतीय रुपैयाँ बाँकी छ, जुन सरकारलाई तिर्नुपर्नेछ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको ऋण घटेर ५७०० करोड रुपैयाँमा झरेको छ।
उता कम्पनीका प्रयोगकर्ताको संख्या घटेर २२ करोड १० लाख पुगेको छ, जुन अघिल्लो त्रैमासमा २२ करोड ५९ लाख थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अक्षय मुन्द्राले यो आठौं त्रैमासिकमा कम्पनीको राजस्व, एआरपीयू, फोरजी ग्राहकमा दैनिक वृद्धि भएको र यसबाट बजारमा राम्रोसँग सञ्चालन गर्ने र टिक्नसक्ने क्षमता रहेको देखाएको बताएका छन्। थप ऋण उठाउन ऋणदातासँग छलफल भइरहेको उनले बताए।
“सँगै हामी इक्विटी मार्फत कोष उठाउने बारे छलफल गर्दैछौं ताकि हामी हाम्रो नेटवर्क विस्तार गर्न र फाइभजी सेवा रोलआउट गर्न सकौं,” उनले भनेका छन्।
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार