वनप्लसका सयौं मोबाइलमा ‘ग्रिन लाइन’को समस्या, कम्पनीप्रति आक्रोश

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
वनप्लसका सयौं मोबाइलमा ‘ग्रिन लाइन’को समस्या, कम्पनीप्रति आक्रोश

काठमाडौं ।

ओएलइडी प्यानलले सुसज्जित धेरै स्मार्टफोनहरूमा मानिसहरू अचानक ग्रीन लाइन समस्याको सामना गरिरहेका छन्। विशेषगरी भारतीय युजरहरुले फोनमा अपडेट भइसकेपछि वा चार्ज भइसकेपछि वा ओभर तातिएपछि मानिसहरूमा यस्तो भएको अनुभव गरेका छन।

यस सन्दर्भमा पछिल्लो दिन एक्स प्लेटफर्ममा वनप्लस ट्रेन्डमा थियो। यो समस्या वनप्लस फोनमा सबैभन्दा बढी देखिएको छ। वनप्लस बाहेक, यो समस्या ओप्पो, पोको, मोटोरोला र रियल मी जस्ता फोनहरूमा पनि देखिएको छ।

हाल यसको कारण थाहा हुन सकेको छैन। यो सफ्टवेयर अपडेट हो वा डिस्प्ले आपूर्तिमा समस्यामाले गर्दा हो भन्नेमा विज्ञहरू विभाजित छन्।

वनप्लसले ठूलो कदम उठायो

वनप्लसले ग्रीन लाइन मुद्दासँग संघर्ष गरिरहेका मानिसहरूका लागि ठूलो कदम चालेको छ।

भारतमा कम्पनीले यस्ता स्मार्टफोनमा लाइफटाइम वारेन्टी दिने निर्णय गरेको छ। कम्पनीले वनप्लस प्रयोगकर्तालाई ग्रीन लाइनसँग सम्बन्धित समस्याको सामना गर्न फोन सित्तैमा फिक्स गर्न सक्ने सुबिधा दिएको छ। यस अवस्थामा कम्पनीले डिस्प्ले प्रतिस्थापन गर्नेछ। यस बाहेक, कम्पनीले केहि सिमित ग्राहकहरुलाई वनप्लस ८ र ९ सिरीज मोडेलहरूमा पनि भौचरहरू दिइरहेको छ।यसमार्फत ग्राहकले नयाँ फोन अपडेटमा छुट पाउनेछन्।

हाल यो समस्याको लागि वनप्लसले भारतमा मात्र सुबिधा र अफर दिएको छ तर अन्य देशहरुमा के हुनेछ भन्ने जानकारी छैन्। यस्तै अरु ब्राण्डहरुले पनि के गर्नेछन भन्ने स्पष्ट छैन्।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...