Technology Khabar ३० श्रावण २०८०, मंगलवार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२४ सिरिजको लन्च हुन अझै महिनौं बाँकी हुँदा नयाँ अफवाहहरू र लीकहरू भने आईरहेका छन्। भर्खरैको रिपोर्टले कम्पनीको फ्ल्यागशिप लाइनअपमा थपिएको उल्लेखनीय नयाँ सुविधाको रुपमा स्याटेलाइट कनेक्टिभिटीलाई संकेत गरेको छ।
सामसङले अन्ततः स्याटेलाइट कनेक्टिभिटी ल्यायो
क्वालकम स्न्यापड्रागन ८ जेन २ चिपसेटले सुविधालाई समर्थन गर्ने भए तापनि अवस्थित ग्यालेक्सी एस२३ लाइनअपमा स्याटेलाइट कनेक्टिभिटी फिचर (सुविधा) उपलब्ध छैन्। यसैबीच, एप्पलले भने सो सुविधा गत वर्ष आईफोन १४ सिरिजमा ल्याएको थियो।
अब, दक्षिण कोरियाली टेक जायन्टले पनि अन्ततः ग्यालेक्सी एस२४ मा टु–वे स्याटेलाइट कनेक्टिभिटी ल्याउने जस्तो देखिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
योन्हाप न्यूजले दक्षिण कोरियाका विज्ञान र आईसीटी मन्त्री ली जोङ–होसँग अन्तर्वार्ता लिएको छ। जसमा घरेलु स्मार्टफोन ब्रान्डहरूले २०२४ मा ५जी फोन र स्याटेलाइटहरू बीच डाटा ट्रान्समिसन सेवा सुरु गर्न तयारी गरिरहेको मन्त्रीले दावी गरेको उल्लेख छ। सामसङ यस क्षेत्रको सबैभन्दा ठूलो मोबाइल ब्रान्ड भएकाले उक्त भनाईले २०२४ मा फ्ल्यागशिप फोनको लाइनअपका लागि भविष्यका योजनाहरूलाई संकेत गरेको छ।
स्याटेलाइट इकोसिस्टम र वरपरका प्रविधिहरू पहिलेको समयमा त्यति परिपक्व नभएकाले स्याटेलाइट कनेक्टिभिटी फिचर (सुविधा) लाई यसअघि समावेश नगरिएको/छोडिएको सामसङले जनाएको उल्लेख छ। त्यसैकारणले गर्दा ब्रान्डले सुविधा रोल आउट गर्नु अघि टेक्नोलोजीमा सुधारको लागि पर्खने निर्णय गरेको उल्लेख छ।
यसका लागि भनेर कम्पनीले इरिडियम कम्युनिकेसन्ससँग पनि सहकार्य गरेको छ र जसमा विशेष गरी आपतकालीन सञ्चारका लागि निर्माण गरिएको लो–अर्थ अर्बिट स्याटेलाइट्सको सिरिज (तल्लो–पृथ्वी कक्षीय भूउपग्रहहरूको श्रृंखला) रहेको छ।
अहिलेसम्म, एन्ड्रोइड प्लेटफर्ममा स्याटेलाइट कनेक्टिभिटी प्रदान गर्ने ह्वावे मात्र एक्लो ब्रान्ड भएको तर सामसङ पनि अब धेरै पछि नपर्ने उल्लेख छ।
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार