भारतमा टार्क क्राटोस-आर इलेक्ट्रिक मोटरसाइकलको नयाँ बेस भेरियन्ट लन्च, रेञ्ज १०० किलोमिटर

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
भारतमा टार्क क्राटोस-आर इलेक्ट्रिक मोटरसाइकलको नयाँ बेस भेरियन्ट लन्च, रेञ्ज १०० किलोमिटर

काठमाडौं ।

टार्क मोटर्सले आफ्नो क्राटोस-आर इलेक्ट्रिक मोटरसाइकलको नयाँ बेस अर्बन ट्रिम भारतमा सार्वजनिक गरेको छ। कम्पनीले क्राटोस-आर इलेक्ट्रिक मोटरसाइकल १ लाख ६७ हजार भारुमा सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस इलेक्ट्रिक मोटरसाइकल शहरी राइडर्सको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले मूल्यमा कटौती गर्न बेस अर्बन ट्रिम सिमित फिचर्समा उपलब्ध गराएको छ। यसमा उपलब्ध फिचर्स सिटी राइडका लागि प्रयाप्त हुने कम्पनीको दाबी छ।

टार्क क्राटोस-आर अर्बन ट्रिम सिटी राइड मोडमा उपलब्ध छ। ७० किलोमिटर प्रति घण्टाको अधिकत गति लिन सक्ने सक्ने मोटरसाइकलले फूल चार्जमा १०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्ने बताइएको छ।

टार्क क्राटोस-आर अर्बन ट्रिममा ४ किलोवाटको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। ब्याट्री प्याक आईपी६७ रेटेड छ एक्सिअल फ्लक्स मोटरलाई पावर दिन्छ। यस इलेक्ट्रिक मोटरको एफिसेनसी ९६ प्रतिशत छ र भर्खरै कम्पनीले यसको पेटेन्ट प्राप्त गरेको छ।

टार्क क्राटोस-आर अर्बन ट्रिमको डिजाइन स्ट्यान्डर्ड मोडल जस्तै देखिन्छ। इलेक्ट्रिक मोटरसाइकल तीन रंग विकल्प स्ट्रीकी रेड, ओस्निक ब्लू तथा मिडनाईट ब्ल्याकमा उपलब्ध छ।

इलेक्ट्रिक मोटरसाइकलमा मल्टि राइड मोड, रिभर्स मोड, फास्ट चार्जिङ, इन-एप नेभिगेशन रहेको छ।

यसका साथै लाइभ ड्यास आभर ब्लूटूथ भेहिकल लोकेटर, एन्टी थेफ्ट सिस्टम, जियोफेन्सिङ, चार्जिङ प्वाइन्ट लोकेशन, ओटीए अपडेट, राइड अनालिक्टि, ट्याक मोड अनालिटिक्स, स्मार्ट अनालिटिक्स तथा गाइड मि होम लगायत छन्।

टार्क क्राटोस-आर अर्बन ट्रिममा २० हजार भारु अतिरिक्त भुक्तानी गरेर माथि दिइएको फिचर्सको लाभ लिन सकिन्छ।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार