
काठमाडौं ।
महिन्द्राले नयाँ इलेक्ट्रिक थ्री–व्हीलर सार्वजनिक गरेको छ। उक्त इलेक्ट्रिक रिक्सालाई युटिलिटेरियन वर्कहर्सकोरूपमा हेरिएको छ। साथै नयाँ महिन्द्रा ई–अल्फा सुपर भारतीय तीन पाङ्ग्रे बजारलाई आधुनिकीकरण गर्न महिन्द्राको रोजाइ भएको उल्लेख छ।
सुपर रिक्शाको रूपमा वर्णन गरिएको यस ई–अल्फा सुपर एक युटिलिटी भेहिकल विद्युतीय मोटरद्वारा संचालित हुनेछ।
भारतमा लामो समयदेखि थ्री–व्हीलर्स (तीन पाङ्ग्रे) सवारी साधनहरू यातायात प्रणालीको हिस्साको रूपमा रहँदै आएका छन्। थ्री–व्हीलर्सलाई निजी र राईड–सेरिङ्ग सिनारियोहरू गरी दुबैमा अर्बन मोबिलिटी सलुसनको रूपमा प्रयोग गरिने गरिएको छ। साथै थ्री–व्हीलर्सहरूको व्यवहारीकता र सुलभताको कारणले गर्दा तिनीहरूलाई कार्गो सवारी साधनको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। तीन पाङ्ग्रे सवारीहरूले मोटरसाइकलको मेकानिकल सरलतालाई र सानो ट्रकको ढुवानी क्षमतासँग जोड्ने गरेको उल्लेख गरिएको छ।
महिन्द्रा भारतको अग्रणी अटोमोटिभ उत्पादकहरू मध्ये एक भएको र ई–अल्फा सुपर महिन्द्रा लास्टमाइल मोबिलिटीले निर्माण गरेको उल्लेख छ। नयाँ इलेक्ट्रिक थ्री–व्हीलर सुपेरियर रेन्ज र बेस्ट–इन–क्लासका साथै कम्फर्ट फिचर्ससहित आएको उल्लेख गरिएको छ। त्यसैगरी ई–अल्फा सुपर स्ट्याण्डर्ड ई–अल्फा भन्दा टफर र मोर ड्युरेबल बिल्ड (कडा र अधिक टिकाउ निर्माण) को साथ आएको छ।
महिन्द्राले ई–अल्फा रिलिज भएदेखि ५०,००० भन्दा बढी युनिट बेचेको छ। ई–अल्फा सुपरले मोबिलिटी वा ढुवानी आवश्यकताहरू पूरा गर्न दैनिक प्रयोगको सामना गर्न सक्ने कम्पनीले बताएको छ। ई–अल्फा सुपरमा १४० एएच लीड–एसिड ब्याट्री प्याक र १.६४ किलोवाट आउटपुट र २२ एनएम को टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर समावेश गरिएको छ। त्यसै गरी अपग्रेड गरिएको महिन्द्रा ई–अल्फाले एक पटकको चार्जमा ९५ किलोमिटरको रेन्ज प्रदान गर्ने उल्लेख छ।
महिन्द्रा ई–अल्फा सुपरको मूल्य भारु.१.६१ लाख ( १,९४२ अमेरिकी डलर) तोकिएको छ।
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार