ह्वावेको नयाँ स्मार्टफोन मेट ६० का तस्वीरहरू लीक

Technology Khabar ३० श्रावण २०८०, मंगलवार

काठमाडौं ।

ह्वावे मेट ६० का तस्वीरहरू लीक भएका छन्। तस्वीरहरू चिनियाँ सोशल मिडिया प्लेटफर्म वेइबोमामा देखा परेका हुन्।

कम्पनिले यस वर्षको अन्त्यमा आफ्नो मेट ६०श्रृंखला अनावरण गर्ने मिति तय गरिएको उल्लेख छ। प्रारम्भिक लीक गरिएका तस्बिरहरूले डुअल-टोन ब्याक डिजाइन प्रकट गरेका  छन्।

नयाँ शटहरूले मेट ६० लाई माथिको आधा भागमा फ्रस्टेड गिलास र धातुको तल्लो भाग जस्तो देखिने डुअल-टोन ब्याकमा चित्रण गरेको छ। पहिले लीक भएको गोलाकार क्यामरा आइल्याण्ड अझै पनि तीन क्यामरा कटआउटका साथमा प्रस्तुत छ।

पहिलेका चर्चाहरूले मेट ६० ले १२२० पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस दरको साथ ओएलइडी डिस्प्ले ल्याउने सुझाव दिएका थिए। ह्वावेले मेट ६० लाई गोली आकारको कटआउटको साथ लन्च गरिरहेको बताइएको छ, जसमा डुअल फ्रन्ट-फेसिङ क्यामरा र थ्रीडी टीओएफ सेन्सरहरू रहने छ।

त्यस्तै, एप्पलको डायनामिक आइल्याण्ड जस्तै केहि नयाँ सफ्टवेयर कार्यान्वयनहरू पनि देख्न सकिने बताइएको छ, जुन हार्मोनी ओएस ४ मा नयाँ लाइभ विन्डो सुविधा प्रवर्द्धन गर्न राम्रो तरिका हुनेछ।

ह्वावेले एसएमआईसी र मेट ६० श्रृंखला सँगसँगै आफ्नै ५जी चिपसेटमा पनि काम गरिरहेको चर्चा छ। नयाँ डिभाइस विकसित ५जी चिपसेट प्रयोग गर्ने पहिलो उपकरण हुन सक्ने उल्लेख छ।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया