पब्जी मोबाइल साउथ एशिया फलको फाइनलमा ७ नेपाली टिम

  • Technology Khabar | २९ श्रावण २०८०, सोमबार
पब्जी मोबाइल साउथ एशिया फलको फाइनलमा ७ नेपाली टिम

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया फल २०२३ को फाइनमा सात नेपाल टिम पुग्न सफल भएका छन्। गत २५ जुलाईदेखि १३ अगष्टसम्म आयोजना भएको लिग चरणको खेलमा शीर्ष १६ स्थानमा रहँदै ७ नेपाली टिम फाइनलका लागि छनोट भएका हुन्।

यस प्रतियोगितामा कुल ९ नेपाली टिमको सहभागीता थियो। नेपाली टिम एएसएल र ज्यामारा इलिमेन्ट्रिक्स भने फाइनल पुग्नबाट बञ्चित भएका छन्। लिग चरणमा कुल २० ओटा टिमले प्रतिस्पर्धा गरेका थिए। जसमा नेपाल र मंगोलियाका समान ९÷९ टिम र बंगलादेशबाट दुई टिमले प्रतिनिधित्व गरेका थिए।

फाइनल पुग्नबाट मंगोलिया र बंगलादेशको समान एक÷एक टिम बञ्चित भएका छन्।

८० हजार अमेरिकी डलरको कुल पुरस्कार राशीको प्रतियोगिताको फाइनल १८ अगष्टदेखि २० अगष्टसम्म खेलिनेछ। तीन दिनसम्म चल्ने फाइनलमा प्रत्येक दिन ६ खेलसहित कुल १८ खेल आयोजना हुनेछ।

फाइनल पुग्नबाट बञ्चित ४ टिमले समान दुई हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

फाइनल जित्ने टिमले ९ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछ भने शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट हुनेछ। साउथ एशिया च्याम्पियनशिपमा २० टिमले प्रतिस्पर्धा गर्ने छन् बाँकी ८ टिम पीएमपीएल पाकिस्तानबाट आउनेछन्।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार