नेपाल टेलिकमको सेवा प्रयोग गरेर कक्षा १२ को परीक्षाफल हेर्न सकिने

  • Technology Khabar | २९ श्रावण २०८०, सोमबार
नेपाल टेलिकमको सेवा प्रयोग गरेर कक्षा १२ को परीक्षाफल हेर्न सकिने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।

बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएकोमा केहि दिनभित्रै प्रकाशित हुने संभावना रहेको छ।

यसैबीच नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल आफ्ना विभिन्न सेवाहरुमार्फत हेर्न सकिने सूचना मार्फत जानकारी दिएको छ।

टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

टेलिकमले एसएमएस र यूएसएसडीका लागि १६०० र आईभीआर सेवाका लागि १६०१ मार्फत आफ्नो परीक्षाफल हेर्न सकिने जानकारी दिएको छ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...