ई. बस्नेतको संयोजकत्वमा नासा फाउण्डेसनमा नयाँ नेतृत्व

  • Technology Khabar | २९ श्रावण २०८०, सोमबार
ई. बस्नेतको संयोजकत्वमा नासा फाउण्डेसनमा नयाँ नेतृत्व

काठमाडौं ।

विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाईल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई, इन्टरनेशल रोड फेडेरेशन (आइआरएफ) जेनेभाका डेपुटी डाइरेक्टर जनरल गोन्जालो अल्कराज (Gonzalo Alcaraz) को उपस्थितिमा सम्पन्न साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको समेत चयन गरेको छ ।

सन् २०१५ मा हलिवुड अभिनेत्राी तथा ग्लोबल रोड सेप्टी एम्बेसडर मिचेल योहको उपस्थितिमा नेपाल अटोमोवाइल्स् एसोसिएसनद्वारा स्थापित यस फाउण्डेसनले ‘अटोमोबाइल एण्ड सोसाइटी’ को थिममा विभिन्न कार्य गर्दै आएको छ।

नेपालको दिगो सडक, सुरक्षित यातायात तथा विभिन्न सामाजिक क्षेत्रका छुट्टै पहिचान भएको नासा फाउण्डेसनको बोर्डमा ई. कृष्णसिँह बस्नेत संयोजक र मधुसुदन सिग्देल कोषाध्यक्ष तथा सुवास भट्टराई कार्यकारी सचिवमा चयन भए। त्यस्तै डा. पुष्पराज पन्त, ई. प्रवेश पौडेल, विपिन गौतम तथा मोनालिसा खम्बु बोर्ड सदस्य चयन गरियो भने दशरथ रिसाललाई पदेन बोर्ड सदस्यमा घोषण गरिएको छ। साधारण सभाले फाउण्डेसनका कार्यक्रमको समिक्षा गर्नुका साथै कार्यक्रमका निति, कार्ययोजना बजेट तथा समासमायिक क्षेत्रका विभिन्न कार्यका लागि विभिन्न निर्णय गरेको छ।

फाउण्डेसनका पूर्व संयोजक भगवती सेडाईलाई विज्ञ सल्लाकार चयन गर्दै सम्पन्न सो सभामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तावहरु पारित गरिएको थियो।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार