काठमाडौं ।
क्यालिफोर्नियाको फायरफाइटर (अग्नी नियन्त्रक)ले वन डढेलो पत्ता आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै छन्।
यसका लागि राज्यभरि रणनीतिक रूपमा राखिएका एक हजार क्यामराहरूबाट भिडियो फिड गर्दै मेसिनमा राखिन्छ र यसले फायरफाइटरलाई कहाँ र कसरी परिचालन गर्ने भनेर सतर्कता प्रदान गर्छ।
इसका लागि गत महिना अलर्टक्यालिफोर्निया एआई प्रोग्राम लन्च गरिएको छ। क्यामराले सान डिएगोको ८० किलोमिटर पूर्वको दुर्घम क्लीभल्याण्ड राष्ट्रिय वनमा स्थानय समय अनुसार बिहान ३ बजे आगलागी पत्ता लागेको थियो।
मानिसहरु सुतिरहेका र अन्धकारले धुवाँ लुकाएको अवस्थामा जंगलको आगो डरलाग्दो रुपमा फैलिन सक्थ्यो।
तर एआईले फायर क्याप्टेनलाई सचेत गरायो। उनले सात इन्जिन, दुई बुलडोजर, दुई पानी ट्यांकर र दुई ह्याण्ड क्रू सहित करिब ६० फायर फाइटरहरूलाई बोलाए। ४५ मिनेट भित्र आगो निभिएको क्याल फायरले जनाएको छ।
क्यालिफोर्निया युनिभर्सिटी स्यान डिएगोका इन्जिनियरहरूले डिजिटलपाथ, चिको, क्यालिफोर्नियामा रहेको कम्पनीबाट एआई प्रयोग गरेर विकास गरेको यो प्लेटफर्म राज्यभरका विभिन्न सार्वजनिक एजेन्सीहरू र पावर युटिलिटीहरूद्वारा राखिएका १ हजार ३८ क्यामराहरूमा निर्भर छ। रमोट अपरेटरहरूको कमाण्डमा प्रत्येक ३६० डिग्रीमा घुम्न सक्षम छ।
एआई कार्यक्रम १० जुलाई देखि सुरु भएदेखि, कल फयारले ९११ कल गर्नु अघि फायर क्याप्टेनलाई आगलागी बारे चेतावनी दिने अन्य उदाहरणहरू प्रदान गरेको छ। यद्यपि यसको अझै विस्तृत रिपोर्ट प्राप्त नभएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २९ श्रावण २०८०, सोमबार