काठमाडौं ।
ह्वाट्सएपले बीटा परीक्षकहरूका लागि मल्टि-एकाउन्ट सुविधा ल्याउने भएको छ। मेटा-स्वामित्वको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले आफ्नो एन्ड्रोइड बीटा परीक्षकहरूका लागि नयाँ सुविधा रोल आउट गर्ने भएको हो।
डब्लुएबीटाइन्फोको रिपोर्टअनुसार, यो सुविधाले ह्वाट्सएप प्रयोगकर्ताहरूलाई लोकप्रिय सन्देश एप्लिकेसनमा धेरै खाताहरू थप्न अनुमति दिन्छ।
हाल,आफ्नो स्मार्टफोनमा दोस्रो खाता समावेश गर्न चाहने व्यक्तिहरूले ह्वाट्सएपको क्लोन संस्करण इन्स्टल गर्ने गर्छन्। यो फिचरले केहि एन्ड्रोइड उपकरणहरूमा मात्र काम गर्ने बताइएकाे छ।
भर्खरको बीटा संस्करणमा हालै थपिएको बहु-खाता सुविधाले एक खाता स्विचर प्रदान गर्ने जसले स्मार्टफोन र अन्य ह्वाट्सएप खाताहरूसँग सम्बन्धित प्राथमिक खाताहरू बीच ट्रान्जिसन गर्न सुविधा दिने उल्लेख छ।
रिपोर्टले संकेत गरेअनुसार, मल्टि-एकाउन्ट सुविधा हाल सीमित संख्यामा एन्ड्रोइड संस्करण २.२३.१७.८ को लागि व्हाट्सएप बीटामा अद्यावधिक गरेका बीटा परीक्षकहरूका लागि पहुँचयोग्य छ। यो आगामी हप्ताहरूमा फराकिलो प्रयोगकर्ता आधारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
इनेबल भएपछि, ह्वाट्सएपले सेटिङ मेनुमा क्यूआर कोडको छेउमा एउटा सानो ‘डाउनवार्ड-पोइन्टिङ एरो आइकन’ प्रस्तुत गर्ने बताइएको छ।
त्यसपछि “एड एकाउन्ट” बटनको साथमा प्राथमिक खाता देखाउँदै एउटा कार्ड देखा पर्नेछ र उक्त बटन ट्याप गर्नाले प्रयोगकर्ताहरूलाई अर्को डिभाइसमा दर्ता भएको खाता समावेश गर्न सक्षम बनाउने उल्लेख छ।यसले हालका सन्देशहरू तिनीहरूको फोनसँग सिङ्क्रोनाइज हुनेछन्।
रिपोर्टले पपअप कार्ड देखाउने सुविधाको स्क्रिनसट पनि साझा गरेको छ।यसले खाता स्विचरको रूपमा पनि कार्य गर्ने तथा सम्बन्धित ह्वाट्सएप खातामा लिङ्क गरिएको फोन नम्बर प्रदर्शन गर्ने उल्लेख छ। यो कार्यक्षमताले प्रयोगकर्ताहरूलाई प्रोफाइल फोटो र प्रयोगकर्ता नामको साथसाथै सहजरूपमा खाताहरू बीच फरक गर्न सक्षम बनाउनेछ।
ह्वाट्सएपले पहिले “कम्प्यानियन मोड” ल्याएको थियो जसले प्रयोगकर्ताहरूलाई सेकेन्डरी डिभाइसकोरूपमा आईफोन वा एन्ड्रोइड स्मार्टफोन सेटअप गर्न अनुमति दिएकाे बताइएको छ। यसले धेरै डिभाइसहरूमा एकल खाताको उपयोग सक्षम पार्ने उल्लेख छ।
यद्यपि, प्रयोगकर्ताहरू हाल कुनै एक डिभाइसमा एक भन्दा धेरै खाता प्रयोग गर्न प्रतिबन्धित छन्। केही एन्ड्रोइड उपकरणहरू, जस्तै सामसङ स्मार्टफोनहरूले दोस्रो खाता समावेश गर्न व्हाट्सएपको “क्लोनिङ” लाई सुविधा दिने गरेको उल्लेख छ।
बहु-खाता सुविधाले, बीटा परीक्षकहरू चयन गर्न एक्सिस दिने तथा व्यक्तिगत कुराकानीहरू तथा व्यावसायिक च्याटहरूमा पहुँचलाई सुव्यवस्थित बनाउने बताइएको छ।
प्रकाशित: २९ श्रावण २०८०, सोमबार