आईफोन १५ प्रो र प्रो म्याक्स ८ जीबी र्यामको साथ आउने संभावना

Technology Khabar २९ श्रावण २०८०, सोमबार

काठमाडौं ।

एप्पलको आईफोन सिरिज आगामी महिना लन्च हुने चर्चाका बिचमा आईफोन १५ प्रो र प्रो म्याक्स ८ जीबी र्यामको साथ आउन सक्ने रिपोर्ट आएको छ।

आईफोन १५ शृङ्खला सम्भवतः सेप्टेम्बर १२ वा १३ मा रिलिज हुनेछ भने केवल प्रो मोडलहरू, अर्थात् आईफोन १५ प्रो र प्रो म्याक्समा नयाँ एप्पल ए १७ बायोनिक चिपसेट हुन सक्ने बताइएको छ। तर गैर-प्रो मोडलहरूले अझै पनि ए १६ चिपसेट नै प्रयोग गर्ने उल्लेख छ।

हालैको एक जानकारीले दुबै प्रो डिभाइसमा ८ जीबी तथा ६ जीबी र्याम कन्फिगरेसनहरू ए १७ चिपको लागि परीक्षण गरिएको सुझाव दिएको छ। यसअघि, आईफोन १५ प्रो र प्रो म्याक्समा ६ जीबीको र्याम हुने अपेक्षा गरिएको थियो।

अन्तिम विकल्पको रूपमा भने कुन छनौट गरिएको छ भन्ने स्पष्ट छैन। यो निर्णय सम्भावितरूपमा भण्डारण क्षमतामा निर्भर हुन सक्ने बताइएको छ।

एप्पलले आईफोन १२ प्रो देखि ६ जीबीको र्याम प्रयोग गरिरहेको छ जुन तिनीहरूको भर्टिकल र हरिजन्टल अप्टिमाइजेसनको कारणले पर्याप्त साबित भएको उल्लेख छ। यद्यपि, यो वर्ष नयाँ आईफोन मोडलहरूमा ८ जीबी र्याम देखिने सम्भावना छ। आईफोन १५ प्रो र प्रो म्याक्सको उच्च-स्टोरेज टियरहरू ८ जीबीको र्यामसंग आउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया