मस्क र जुकरबर्गको फाइट इटालीको रोममा हुने

  • Technology Khabar | २८ श्रावण २०८०, आईतवार
मस्क र जुकरबर्गको फाइट इटालीको रोममा हुने

काठमाडौं ।

ट्विटर (हाल एक्स) का मालिक इलन मस्क र मेटाका मालिक मार्क जुकरबर्गसँगको केज म्याज हुने तय भएको छ।

मस्कले शुक्रबार ट्वीट गर्दै जुकरबर्गले एमएमए फाइट (लडाई)का सर्तहरू स्वीकार गरेको बताएका छन्।

यद्यपि जुकरबर्गले अहिलेसम्म फाइटका लागि कुनै निश्चित मितिमा सहमति नभएको बताएका छन्।

यो फाइट इटालीको रोममा हुनेछ, मस्क र जुकरबर्गको फाउन्डेसनद्वारा प्रचार गरिनेछ र ट्विटर र मेटामा स्ट्रिम गरिनेछ।

उनको ट्विट यस्तो छ, ‘फाइट मेरो र जुकको फाउन्डेसनद्वारा व्यवस्थित गरिनेछ (यूएफसी होइन)। लाइभस्ट्रिम यस प्लेटफर्म र मेटामा हुनेछ। क्यामरा फ्रेममा सबै कुरा पुरातन रोम हुनेछ, त्यसैले कुनै पनि आधुनिक छैन। मैले इटालीका प्रधानमन्त्री र संस्कृति मन्त्रीसँग कुरा गरेको छु। उनीहरु एक उपयुक्त स्थानमा सहमत भएका छन्।’

गत जुलाईमा मेटाले थ्रेड्स लन्चसँगै यी दुई टेक जायन्ट एक अर्काका प्रतिस्पर्धी बनेका थिए।

प्रकाशित: २८ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २८ श्रावण २०८०, आईतवार