
काठमाडौं ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेरामोस प्रविधि आवश्यक नभएको बताएका छन्। बाँस्कोटाले शुक्रबार ट्वीट गर्दै टेरामोस प्रविधि आवश्यक नभएको बताएका हुन्।
सर्वोच्चको फैसलाका कारण कार्यान्वयमा ल्याउन नसकिने भएकाले टेरामोस प्रविधि जडान गर्न किन जोड हुँदैछ भनेर उनले प्रश्न गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरण टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) प्रविधि मोबाइल अपरेटरहरुको लगातार रुपमा गिर्दो राजश्व, कल वाइपास र खस्कदो सेवालाई मापन गर्न ल्याउन लागिएको बताउँदै आइरहेको छ।
टेरामोस प्रविधिले ग्राहकको भ्वाइस ट्यापिङ, एसएमएस डाटा संकलन गर्ने चर्चासँगै यो विवादमा पनि आइरहेको छ। टेरामक्सको बारेमा सेवा प्रदायकहरु स्पष्ट छैनन्। र यो सिस्टममा जडान गरिएमा र ग्राहकको डाटामा अनधिकृत पहुँच गर्ने कार्य हुन सक्ने उनीहरुको आशंका छ। त्यसैले पनि सेवा प्रदायकहरु यो प्रविधि जडान गर्न तयार देखिएका छैनन्।
पूर्व मन्त्री बाँस्कोटको ट्वीट यस्तो छ, ”बुल्गेरियामा अमेरिकाले ६बर्ष अधि राखिदिएको कवाड स्याटेलाईट नेपाल सररकार किन किन्न खोज्दै छ?टेरामक्स प्रणाली जो आवश्क देखिदैन र कानुन तथा सर्बोच्चको फैसलाका करण कार्यन्वयनमा ल्याउन सकिदैन किन ल्याउन जोड गर्दैछ?टेलिकममा स्मल सेलको नाटक किन मन्चन हुदैछ?तीनमा अर्बौ खर्च किन गरिदै छ?”
बुल्गेरियामा अमेरिकाले ६बर्ष अधि राखिदिएको कवाड स्याटेलाईट नेपाल सररकार किन किन्न खोज्दै छ?टेरामक्स प्रणाली जो आवश्क देखिदैन र कानुन तथा सर्बोच्चको फैसलाका करण कार्यन्वयनमा ल्याउन सकिदैन किन ल्याउन जोड गर्दैछ?टेलिकममा स्मल सेलको नाटक किन मन्चन हुदैछ?तीनमा अर्बौ खर्च किन गरिदै छ?
— Gokul Prasad Baskota (@GokulPBaskota) August 11, 2023
प्रकाशित: २८ श्रावण २०८०, आईतवार