स्न्यापड्रागन एक्स७५ मोडेमको ७.५जीबीपीएससहित फाइभजी गतिमा नयाँ विश्व रेकर्ड

  • Technology Khabar | २८ श्रावण २०८०, आईतवार
स्न्यापड्रागन एक्स७५ मोडेमको ७.५जीबीपीएससहित फाइभजी गतिमा नयाँ विश्व रेकर्ड

काठमाडौं ।

क्वालकम टेक्नोलोजीले आफ्नो नयाँ स्न्यापड्रागन एक्स७५ ५जी मोडेम–आरएफ प्रणालीको साथ सब ६ गीगाहर्ज ५जी डाउनलोड गतिको लागि नयाँ विश्व रेकर्ड कायम गरेको छ।

मोडेमले प्रभावशाली ७.५ जीबीपीएस डाउनलिङ्क गति हासिल गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

क्वालकमले स्न्यापड्रागन एक्स७५ ५जी मोडेम–आरएफ प्रणालीलाई एमडब्ल्यूसीमा २०२३ को फेब्रुअरीमा घोषणा गरेको थियो। स्न्यापड्रागन एक्स७० को उत्तराधिकारी रहेको एक्स७५ ग्यालेक्सी एस२३ सिरिजका साथै अन्य स्न्यापड्रागन ८ जेन २–पावर्ड डिभाइसहरूमा पाइने उल्लेख गरिएको छ।

क्वालकमको एक्स७५को पछिल्लो परीक्षणले कम्पनी अझै पनि उत्कृष्ट प्रदर्शनको खोजीमा रहेको र यसको हार्डवेयरको उत्कृष्टको लागि प्रयास गरिरहेको देखाउँछ।

क्वालकम स्न्यापड्रागन एक्स७५ मोडेमको अविश्वसनीय डाउनलोड गति
स्न्यापड्रागन एक्स७५ ले ३०० मेगाहर्ज स्पेक्ट्रमको लाभ उठाएर यो गति हासिल गर्न सक्षम भएको उल्लेख छ। त्यसैगरी मोडेमले ४एक्स क्यारियर एग्रीगेशन (४एक्स सीए) लाई ४ टाइम डिभिजन डुप्लेक्सिङ (टीडीडी) च्यानलहरूको सिङ्गल डाउनलिङ्क कनेक्सनका साथै १०२४ क्वाड्रेचर एम्प्लिट्यूड मोडुलेशन (क्यूएएम) को प्रयोगको साथ प्रयोग गरेको थियो। यी प्रविधिहरूलाई ५जी स्ट्यान्डअलोन नेटवर्क कन्फिगरेसनमा ७.५ जीबीपीएस को गति हासिल गर्न परीक्षण गरिएको थियो।

स्न्यापड्रागन एक्स७५ को यी क्षमताहरूले बेटर युजर एक्सपिरियन्स (धेरै राम्रो प्रयोगकर्ता अनुभव), फास्टर डाउनलोड स्पिड, राम्रो नेटवर्क ह्यान्डलिङ, इफिसेन्सी र अन्य थपको लागि अनुमति दिने क्वालकमले जनाएको छ। भविष्यका फ्ल्यागशिपहरूमा मोडेम डेब्यू गर्न तयार रहेको र यसले कुनै पनि नेटवर्क–सम्बन्धित कार्यहरू ह्यान्डल गर्न सक्षम हुने दाबी गरिएको छ।

स्न्यापड्रागन एक्स७५ ५जी मोडेम भएका फोनहरू २०२३ को दोस्रो भागमा उपलब्ध हुने क्वालकमले पुष्टि गरेको छ। अघिल्लो पुस्ताको मोडेमहरूको तुलनामा एक्स७५ ठूलो अपग्रेड भएकाले यो निकै रोमाञ्चक समाचार भएको उल्लेख गरिएको छ।

टी–मोबाइलले हालै ग्यालेक्सी एस२३ मा ३.३ जीबीपीएस को डाउनलोड गति हासिल गरेको र त्यसमा स्न्यापड्रागन एक्स७० मोडेम प्रयोग गरिएको उल्लेख छ। एक्स७५ ले ७.५ जीबीपीएसको साथ त्यो भन्दा दोब्बर गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २८ श्रावण २०८०, आईतवार