
काठमाडौं ।
ह्वावले २०२३ को आधा वर्षमा राजश्वमा सामान्य वृद्धि देखेको छ। कम्पनीले मुख्य सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र उपभोक्ता व्यवसायहरूबाट राजश्वको अधिकतम हिस्सा उत्पन्न गरेको छ।
गत वर्षको सोही अवधिको तुलनामा राजश्व ३.१ प्रतिशतले बढेर ३१०.९ बिलियन युआन पुगेको ह्वावेले शुक्रबार घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।
ह्वावेको नाफा मार्जिन १५ प्रतिशतले बढेको छ। ४६.६ बिलियन युआन खुदा नाफा रहेको छ। रायटर्सको गणना अनुसार एक वर्ष अघिको तुलनामा तीन गुणा सुधार हो।
हुवावेका प्रवक्ताले परिचालन दक्षता, बिक्री रणनीति र कम्पनीको उत्पादनको मिश्रणमा भएको सुधारले कम्पनीको नाफामा ‘धेरै सकारात्मक’ प्रभाव पारेको बताए।
हुवावेको आईसीटी पूर्वाधार व्यवसाय, जसमा फाइभजी बेस स्टेशनहरू र इन्टरप्राइज प्रणालीहरूले १६७.२ बिलियन युआन राजश्व संकलन गरेको छ। जबकि यसको उपभोक्ता व्यवसाय, जसमा स्मार्टफोन र अन्य उपकरणहरू १०३.५ बिलियन युआन योगदान गरेको छ।
‘सन् २०२३ को अर्ध वर्षमा हाम्रो आईसीटी पूर्वाधार व्यवसाय बलियो रह्यो र हाम्रो उपभोक्ता व्यवसायले वृद्धि हासिल गर्यो,’ हुवावेका रोटेटिङ चेयरपर्सनर र संस्थापक रेन झेङ्फेईकी छोरी मेङ वान्झोउले भनिन्।
गत हप्ता कम्पनीको उपभोक्ता व्यवसायका प्रमुख रिचर्ड यूले हुवावेका ह्यान्डसेटहरू ‘पुनर्गमनको बाटोमा’ रहेको बताए र दोस्रो त्रैमासिकमा यसको घरेलु मोबाइल बजार हिस्सा ७६.१ प्रतिशतले बढेको छ।
अमेरिकी निर्मित प्रविधिको निर्यातमा अमेरिकी प्रतिबन्धका धेरै चरणहरूले ह्वावेलाई पछिल्लो पुस्ताको फोरजी ह्यान्डसेटहरू उत्पादन गर्न सीमित गरेको थियो। यसको प्रभाव स्वरुप ठूलो परिणाममा ह्यान्डसेटको बजार हिस्सा स्वदेश र विदेशमा घटेको थियो।
प्रकाशित: २७ श्रावण २०८०, शनिबार