
काठमाडौं ।
सामसङले आधिकारिकरूपमा वानयूआई ६ बीटा कार्यक्रम सुरु गरेको छ।
ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा फोनहरूका लागि वान यूआई ६ बीटा कार्यक्रम सुरु गरेको हो।
एन्ड्रोइड १४ मा आधारित फर्मवेयर अपडेट अब संयुक्त राज्य अमेरिका, जर्मनी र दक्षिण कोरियामा लाइभ भएको तथा ती क्षेत्रहरूमा प्रयोगकर्ताहरूले सामसङ सदस्य एपमार्फत बीटाको लागि नामांकन गर्न सकिने बताइएको छ।
कम्पनीले नयाँ क्विक सेटीङ्स यूआई डिजाइन तथा नयाँ क्यामरा वीजेटको स्क्रिनसटहरू साझा गर्दै प्रयोगकर्ता लाई फोटोहरू खिच्नु अघि भण्डारण गर्ने ठाउँ छनौट गर्न अनुमति दिने बताइएको छ।
प्रेस विज्ञप्तिले विभिन्न मोडहरू र दिनचर्याहरूको लागि विशिष्ट वालपेपरहरू असाइन गर्ने क्षमता पनि रहेको उल्लेख गरेको छ।
प्रकाशित: २७ श्रावण २०८०, शनिबार