काठमाडौं ।
ह्वावेका फाइभजी फोनहरूले ब्लुटुथ प्रमाणीकरण प्राप्त गरेका छन्। पाँच फोनहरूलाई ब्लुटुथ एसआइजद्वारा प्रमाणित गरिएको तथा आइडेन्टिफायर्सहरूको आधारमा फोनहरूले ५जी कनेक्टिभिटी प्रदान गर्ने उल्लेख छ।
नयाँ पाँच डिभाइसहरूमा एडीए-एन ००, पीएसडी-एएन ००, एडीए-टीएन ००, बीएलके-एएन ००, र बीएलके-टीएन ०० एएन र टीएन मोडलहरू रहेका छन्, जसमा ५जी कनेक्टिभिटी प्रदान गर्ने उल्लेख छ।
नाम नभएका ह्वावे फोनहरूका अतिरिक्त, ह्वावे नोभा १३ , नोभा १४, नोभा १५ र नोभा १६ श्रृंखलाका डिभाइसहरूले पनि प्रमाणीकरण प्राप्त गरेका छन्। यिनिहरु भेनिला, प्रो र अल्ट्रा संस्करणहरूमा ५जी कनेक्टिभिटीकोसाथ आउने बताइएको छ।
हालैको रोयटर्सको रिपोर्टअनुसार, ह्वावेले चिनियाँ फाउन्ड्री एसएमआइसी सँग एसएमआइसीको एन प्लस १ निर्माण प्रक्रिया र ह्वावेको इलेक्ट्रोनिक डिजाइन स्वचालन (इडीए) सफ्टवेयर उपकरणहरू प्रयोग गरेर ५जी चिपसेटहरू विकास गर्न काम गरिरहेको छ।
प्रारम्भिक २ देखि ४ मिलियन ५जी चिपसेट इकाइहरू उत्पादन भइरहेको पूर्वानुमानले सुझाव दिएकाे उल्लेख छ। यसले चिप उत्पादन दरहरू ५० प्रतिसत भन्दा कम हुने अपेक्षा गरिएको छ।
ह्वावेले यस वर्षपछि नयाँ विकसित चिपसेटको साथ आफ्नो पहिलो ५जी फोनहरू लन्च गर्ने लक्ष्य राखेको जुन मेट ६० सिरिजको हिस्सा हुन सक्ने बताइएकाे छ।
प्रकाशित: २७ श्रावण २०८०, शनिबार